Breaking News

प्रचण्डले भारतका लागि कम्फरटेबल हुने राजनीति गरेको प्रष्ट भयोः जेएन थपलिया

Banner

जेएन थपलिया चितवनको कम्युनिस्ट आन्दोलनको एक चिरपरिचित नाम हो । विगतमा नेकपा एमाले चितवनको अध्यक्षको भूमिका निभाउनुभएका थपलिया अहिले नेकपा (ओली समूह)का केन्द्रिय सदस्य तथा वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलको राजनीतिक सल्लाहकार हुनुहुन्छ । उहाँसँग सञ्चारपत्र दैनिकले समसामयिक राजनीतिक विषयमा संवाद गरेको छ । प्रस्तुत छ अन्तरवार्ताको सम्पादित अंशः

पछिल्लो समयमा संसद पुनःस्थापना भएपछि नेपालको राजनीतिमा केपी ओली नेतृत्वको नेकपा र सरकारलाई समस्या भएको हो ?

खासै असजिलो भएको जस्तो मलाई लागेको छैन । कहिलेकाहीँ के हुन्छ भने अपेक्षित कुरा अनपक्षित हुँदा त्यस्तो लाग्न सक्छ । अहिले सर्वाेच्च अदालतको फैसलापछि मानिसले महसुस गरेका छन् । त्यस्तो स्थिति होइन । मुलतः हिजो पनि प्रधानमन्त्री ज्युको वाध्यात्मक स्थिति पनि थियो । पार्टीमा र सरकारमा काम नै गर्न नदिने अवस्था रहेको थियो । राष्ट्रिय मुद्दाहरुमा बारम्बार असजिलो पारिरहने अवस्थामा संसदीय प्रणालीमा बहुमत प्राप्त सरकारले काम गर्न नपाएपछि जनतामा जानुपर्ने अवस्था रहन्छ । त्यसको विकल्प हुँदैन र हुनु हुँदैन पनि । त्यो स्थिति भइसकेपछि उहाँले यो संवैधानिक कदम चालेकै हो ।

संवैधानिक फैसला गर्ने सर्वाेच्च अदालत नै भएकोले त्यसप्रति हामीले चाहेर वा नचाहेर सम्मान गर्नुपर्ने स्थिति रहन्छ । त्यो सर्वाेच्च अदालतको फैसला के आयो भन्दा पनि अबको राजनीति कसरी अगाडि बढ्छ भन्ने विषय बढी महत्वपूर्ण हुन्छ ।

अब कसरी अगाडि बढ्छ त देशको राजनीति ?

 म तपाईंको मिडिया मार्फत् के अनुरोध गर्न चाहन्छु भने कमरेड प्रचण्डको हिजो एउटा अन्तरवार्ता आयो । त्यसले के देखायो भने उहाँले अहिलेसम्मको सम्पूर्ण प्रक्रिया पार्टी भित्रको र बाहिरको जुन खालको आन्दोलन या विभिन्न खालको झमेला सिर्जना गर्नुभयो । त्यो उहाँकै शब्दमा भारतको कम्फर्टका लागि गरिएको हो । उहाँकै शब्दमा जे जति हामी गर्दै छौँ अहिले भारतलाई सहज हुने हिसाबले नेपाली कांग्रेस, मधेसवादी दलहरु र हामीले सरकार बनाएपछि भारतलाई सहज हुन्छ भन्ने जुन ढङ्गले बोल्नुभयो । वास्तवमा हिजोबाट उहाँप्रति सम्मान घढ्दै गएको छ । किनभने यस्तो शीर्षस्थ नेता जसले १० वर्षे जनयुद्ध ग¥यो । एउटा हलचल ल्यायो । उहाँले भारतका लागि कम्फरटेबल हुने राजनीति गर्नुभएको रहेछ । चिज त क्लियर भयो । यो नेपालमा अस्थिरता पैदा गर्ने र सुखी नेपाली समृद्ध नेपाल बनाउने जुन अभियान थियो । केपी ओलीको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा भइरहेको थियो । त्यो कुरालाई अवरोध खडा गर्ने त उहाँको नियोजित योजना रहेछ भन्ने कुरा भयो ।

अब यो नियोजित योजना उहाँको फेल खायो । उहाँले जुन ढङ्गको सम्मानित प्रधानमन्त्री केपी ओलीलाई कर्नर बनाएर उहाँ अगाडि जान खोज्नुको मतलब नेपालको प्रगति, उन्नती उहाँहरु चाहनुहुँदो रहेनछ भन्ने कुरा क्लियर भयो । यसबाट हामीले धेरै पर जानु परेन । सैद्धान्तिक ढङ्गबाट पनि उहाँ विचलनमा आएको देखियो । वैचारिक हिसाबमा उहाँमा स्खलन आएको देखियो । अर्काे परराष्ट्र नीतिमा पनि उहाँको स्खलन आएको त क्लियर छ । हामीले कुनै बनावटी आरोप लगाएको होइन कि फेरि आफ्नै शब्दमा भारतको लागि कम्फर्ट हुन्छ । हामीले बनाएको सरकार भन्ने वित्तिकै उहाँहरु वैचारिकरुपमा त्यसै स्खलन हुनुभयो ।

अहिलेको यो सरकारलाई गिराउन, ढाल्न र अलोकप्रिय बनाउनको लागि प्रत्यक्षरुपमा भारतको संलग्नता छ भन्न खोज्नु भएको हो ?

हो । एकदम । संलग्नता भनेको मैले । प्रचण्ड जीले जुन भन्नुभयो यसले के देखाउँछ भने उहाँको आफ्नो जनताप्रतिको विश्वास, राष्ट्रप्रतिको बफादार, कम्युनिस्ट आन्दोलनप्रतिको लगाव रहनेछ । उहाँमा स्खलन आएको भन्ने कुरा प्रष्ट भएको छ । यो भन्दा उहाँका व्यवहारबाट हेर्दै जानुपर्ने कुराहरु छन् । यसमा मैले यति नै भन्न चाहेँ ।

अहिले प्रधानमन्त्रीइतरका समूहहरुको गठजोड, गठबन्धनले संसदीय अभ्यासमा जोडघटाउहरु जसरी आइरहेको छ । यसले गर्दाखेरी केपी ओली नेतृत्वको सरकारलाई केही सोच्नुपर्ने अवस्था वा बहुमतको खेलमा गएको हो ?

मैले तपाईंको प्रश्न बुझेँ । मलाई त्यस्तो पनि लाग्दैन । जब केपी ओलीको लामो राजनीतिमा खास गरी बाम आन्दोलनमा जुन ढङ्गले अगाडि बढ्यो । चाहे उहाँ पार्टी भित्र विपक्षमा होस् वा सत्तामै बस्दा होस् । नेपालको राजनीति र वामपन्थी आन्दोलनमा मात्र होइन । सिङ्गो नेपाली राजनीति केपी ओलीको वरिपरी घुमिरहेको छ । हिजो त्यो चिज स्वर्गीय जननेता मदन भण्डारीको वरिपरी घुमिरहेको थियो । हिजो गिरिजाप्रसाद कोइरालाको बीचमा घुमिरहेको हुन्थ्यो भने अहिलेको यो २१औँ शताब्दीको सुरुआतको अवस्थामा राष्ट्रियस्तरमा वा अन्तर्राष्ट्रियस्तरमा के) ीओलीकै सेरोफेरोमा घुमिरहेको छ । अबको राजनीति फेरि केपी ओलीले वास्तवमा जे चाहनुहुन्छ त्यही हुन्छ ।

फेरि पनि केपी ओलीलाई प्रधानमन्त्री बन्नुहुन्छ भन्ने कुरा हो ?

त्यसको विकल्प नै छैन । अब नेपालको राजनीतिमा त्यो गणितीय हिसाबमा संविधानका हिसाबले अहिलेको जुन राजनीतिक परिदृश्य र खासगरी बामदेवले जुन खालको किचलो सुरु गर्नुभयो । त्यसबाट नै नेपाल कम्युनिस्ट पार्टी भद्रगोल भएको अवस्था हो । राष्ट्रिय संरचनामा मात्र हो । तल त्यस्तो छैन । कहिले चार र कहिले पाँचको हिसाबमा किचलो त उहाँले सुरु गर्नुभयो । त्यो किचलो सुरु गर्ने वित्तिकै एउटा हिनताबोधमा रहनुभएको माधव कमरेडलाई पनि आत्मबल बढ्यो र सत्ताप्रतिको हठास प्रधानमन्त्री हुने लालसा प्रचण्डमा आउनुको पछाडिको कारणको सुरुवात त वामदेव हो ।

वामदेव गौतमले जुन खालको सुरुवात देखाउनुभयो । त्यसबाट पनि यी धेरै कुराहरु आए । सुरुआत त उहाँनै हो । त्यसपछिका दिनमा जुन परिपक्कता प्रचण्ड र माधव कमरेडमा हुनुपर्ने थियो । त्यो भएन । अहिले वामपन्थीहरुको दुई तिहाईको सरकार हुँदाहुँदै वामपन्थी विपरित शक्तिहरुसँग गएर म प्रधानमन्त्री बन्दिन भन्नु भनेको कति लाजमर्दाे कुरा हो ।

नेपाली जनताले राम्रोसँग नियालेका छन् । हेरेका छन् । त्यसको हिसाबकिताब राम्रैसँग गरेका छन् । भविष्यमा गर्ने छन् । त्यसबाट के देखिन्छ भने प्रचण्ड कमरेड र माधव कमरेडले जतिसुकै कोलाहल मच्चाए पनि या लड्डु बाँडेर खाए पनि स्थिति के हुन्छ भने फेरि पनि अबको राजनीति भनेको केपी ओलीकै वरिपरी जान्छ र मलाई लाग्छ बहुमतको प्रधानमन्त्री केपी ओली नै हुनुहुन्छ भन्नेमा मेरो अध्ययन छ ।

 संसदीय दलमा केपी ओली अल्पमतमा हुनुहुन्छ भन्ने छ नि ?

दुई चार दिनमा तपाईं हेर्दै जानुहोस् । उहाँको बहुमत आउँछ । यो राष्ट्रको समृद्धि, प्रगति, जनताको समृद्धिका लागि र कम्युनिस्ट आन्दोलन बलियो बनाउनुपर्ने अहिलेको घडीमा उहाँको आवश्यकता रहन्छ । सिङ्गो राष्ट्रलाई एकजुट बनाउनुपर्ने लिम्पियाधुरादेखि लिएर सारा सिमानाको व्यवस्थापन गर्नुपर्ने । अब परिपक्क परराष्ट्र सम्बन्ध कायम राख्नुपर्ने र त्यसलाई दरो ढङ्गबाट अगाडि बढाउनुपर्ने समयमा, सिङ्गो राष्ट्रलाई एकजुट बनाउनुपर्नेमा यस्तो विखण्डन, वितृष्णा पैदा गर्ने जुन चिज भएको छ । यसका पछाडि चाहे माननीयहरु पनि लाग्नु हुँदैन र सिङ्गो देशका जनता पनि लाग्दैनन् ।

यो सर्वाेच्च अदालतको फैसला अगाडि देशव्यापीरुपमा जनताले देखाएको प्रदर्शन, जनताले केपी ओलीप्रति देखाएको सम्मान, सद्भावबाट के देखिन्छ भने वास्तवमा एउटा परिपक्क नेता केपी ओली नै हुनुहुन्छ । उहाँले सबैलाई समेटेर अगाडि लिएर जानुपर्छ भन्ने कुरामा हामी ढुक्क छौँ । यो भन्दा विकल्प छैन । केपी ओली भन्दा अर्काे विकल्प अहिले प्रधानमन्त्रीमा छैन । जतिसुकै खेल खेलेपनि एउटा कुरा त्यो र अर्काेकुरा ढिलो चाँडो केपी ओलीले हिजोको निर्वाचन त्यसै घोषणा गरिएको होइन । यो संसद त्यसै विघटन गरिएको थिएन । यो खेल फेरि पनि सुरु भयो । फेरि पनि एक दुई चरण संसद् सञ्चालन हुने वित्तिकै अब संसदमा त्यसको जोडघटाउन शुरु हुन्छ । मलाई लाग्छ त्यो जोडघटाउमा मलाई लाग्छ माननीयहरु र राष्ट्रभक्त माननीयहरु, देशलाई बरबादतिर धकेल्न नचाहने माननीयहरु वास्तवमा केपी ओलीकै नेतृत्वमा अगाडि जानुहुन्छ ।

नेकपा औपचारिकरुपमा विभाजन भएको छैन । यद्यपि अनौपचारिकरुपमा विभाजन जस्तो छ । यही अवस्थामा पार्टी फेरि एकीकरण भएर अगाडि जाने अवस्था छ कि छैन ?

नेपाल कम्युनिस्ट पार्टीको एकताको विकल्प नै छैन । एकता हुन्छ । नेपाल कम्युनिस्ट पार्टीको एकता भनेको केपी ओलीलाई बाहिर राखेर होइन । केपी ओलीकै नेतृत्वमा नेकपा एउटै हुन्छ । तपाईं लेखेर राख्नोस् । त्यो भन्दा विकल्प नै छैन । अहिले कम्युनिस्टहरु दुई तिहाई जनताले दिएको कुरा अहिले फुटेर अलग हुने स्थिति छैन । केपी ओलीलाई बाहिर राखेर कोही जान्छ भनेर त्यो चोइटिएर जाने चिज हो । त्यसरी हुन सक्दैन । यसमा क्लियर कुरा छ ।

प्रदेश सरकारको अवस्था के हुन्छ अहिलेको स्थितिमा ?

केन्द्रीय संरचना वा केन्द्रीय सरकारको व्यवस्थापन नभइकन तल व्यवस्थापन हुँदैन । माथि जसरी जान्छ तल त्यसरी नै जाने हो ।

अहिलेको अवस्थामा प्रदेश सरकार ढल्ने अवस्थामा छैन ?

 छैन । माथि ढल्यो भने तल पनि ढल्छ । मलाई लाग्छ माथि त्यसरी फेरबदल आउने कुरा छैन । त्यसकारण तल प्रदेशको कुरा पनि माथिकै केन्द्रीय नीतिले निर्धारण गर्ने हो । अहिले तल माथि हुँदैन ।

जिल्लामा प्रधानमन्त्री केपी ओलीले नेतृत्व गर्नुभएको नेकपाको अवस्था कस्तो छ ?

 मैले दुई, तीनवटा कार्यक्रममा भाग लिएँ । अस्वस्थ हुँदाहुँदै पनि के देख्छु भने केपी ओली नेतृत्वको कम्युनिस्ट पार्टीप्रतिको आस्था र विश्वास व्यापकरुपमा बढेको छ । असल कम्युनिस्टहरु लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा लागेका र वैचारिक मानिसहरु, वर्गीय मानिसहरु वास्तवमा कम्युनिस्ट आन्दोलनलाई सच्चा ढङ्गबाट माया गर्ने मानिसहरुको पङ्क्ति तल्लो तहमा घनिभूत ढङ्गबाट अगाडि बढेको छ । मजदुर, किसान, श्रमजीवी जनताहरु सबैले वास्तवमा केपी ओलीको जुन यहाँको नेतृत्व छ । त्यसप्रति गोलबन्द भइरहेका छन् ।

लोथर, माडीदेखि इच्छाकामना सबैतिर व्यापक ढङ्गले संगठन विस्तारको काम पनि अगाडि बढेको छ । इमान्दार साथीहरु फेरि पनि अलमल परेर प्रचण्ड माधव नेपाल तिर गएका साथीहरु हामीतिर नै आउनुहुनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ । हामी फेरि पनि आह्वान गर्न चाहन्छौँ । कम्युनिस्ट आन्दोलनलाई विभाजन गरेर हुँदैन । कम्युनिस्ट आन्दोलनलाई यस्तो बीचमा छाड्ने होइन । गन्तव्यमा पु¥याउनुपर्छ । वास्तवमा एशिया र विश्वमै एउटा नमुनाको रुपमा भिन्न खालको कम्युनिस्ट आन्दोलन भइरहेको छ । त्यसलाई बचाइरहनको लागि र जनताको बहुदलीय जनवादको जुन खालको स्प्रिट छ । जुन खालको ध्येय हो । त्यो पूरा गर्नका लागि पनि कम्युनिस्टहरु एकजुट हुनुपर्छ । एक अर्कामा गाली गलौज गर्ने एक अर्कामा निषेध गर्ने काम बन्द गरेर सबै कम्युनिस्टहरु एकजुट हुनुपर्छ । त्यो केपी ओलीको नेतृत्वमामा सबै श्रद्धेय कमरेडहरु एकजुट भएर अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ ।

चितवनका केही संघीय संसदहरु अर्काे प्रचण्ड नेपाल समूहमा हुनुहुन्छ । यसले गर्दा यहाँको राजनीतिमा केही प्रभाव पार्दैन ? के छ ? के पाउनुभएको छ ?

नेताहरु कोही अलमलमा पर्छन् कोही सपना बाँडिएका हुन्छन् । कोही तपाईंको एउटा लिगेसीका आधारमा पनि हुन्छ । तर, चितवनको हकमा सबै कुरा संग्लिएर बेलैमा नेताहरुले सोच्नुपर्छ । चितवनका सांसदहरुले बेलेमा आफूले सोच्नु भएन भने जनताले बीच बाटोमा छाड्नेछन् । मैले देखेको कुरा यही हो । किनभने एउटा लिगेसी छ चितवनमा भने त्यो जनताको बहुदलीय जनवादको लिगेसी छ । चितवन भनेको पुराना क्रान्तिकारीहरुको थलो हो । त्यसमा मलाई लाग्छ म आशा गर्छु सबै श्रद्धेय कमरेडहरुले, अहिले केपी इतर भएका कमरेडहरुले पनि माथिल्लो तहबाट सोचेरसही बाटोमा आउनुहुनेछ । नमिलेका कुरा कतिपय मिलाउँदै जाने हो । एउटै ठाउँमा बसेपछि केही कुरा तलमाथि हुन सक्छ । ती कुरालाई सुधारेर आलोचना र आत्मालोचनाका साथ कम्युनिस्ट आन्दोलनलाई हाक्नका लागि म सबैसँग आग्रह गर्न चाहन्छु । जुन हिजोका कुरा, बैरीहरुलाई हँसाउने कुरा, जनतालाई दुःखी बनाउने कुरा, जनतालाई रुवाउने कुरा कोही कतैबाट केही नाममा पद अस्थायी चिज हो । पद आउँछ जान्छ । तर, जीवन र कम्युनिस्ट जीवन, नेपाली समाजलाई बदल्ने जुन कम्युनिस्ट घोषणापत्र छ जुन आचरण छ । यस ढङ्गले अगाडि बढ्नुपर्छ ।

आम नेता कार्यकर्ताहरुलाई तपाइँ नेपाल कम्युनिस्ट पार्टीको एउटा जिम्मेवार नेताको हैसियतले के भन्न चाहनुहुन्छ ?

 म सबै दाजुभाइ दिदीबहिनीहरुलाई खासगरी नेपाल कम्युनिस्ट पार्टीका साथीहरुलाई र आवद्ध नेता तथा कार्यकर्तालाई, विपक्षी साथीहरुलाई के अनुरोध गर्न चाहन्छु भने यो एक्काइसौँ शताब्दीको नेपाल र नेपाली जनताको स्वर्णीम अवसर प्रदान गरेको छ । त्यसले हामीलाई भूकम्पपछि र कोभिड–१९ ले जुन खालको अवस्था सिर्जना ग¥यो त्यसलाई हामीले सुधार गरिसकेका छौँ । कोभिडले मानव जीवनमा नै ठूलो धक्का दिएको छ । यो परिस्थितिमा हामीले अहिले नयाँ ढङ्गले यहाँको विकास, औद्योगिकीकरण र रोजगारीको व्यवस्था गर्न, उत्पादन वृद्धि गर्न, अन्तर्राष्ट्रियरुपमा हाम्रो आर्थिक वृद्धिदर अगाडि बढाउने जुन अवसर छ । त्यसमा केही निहुँमा त्यो पदका लागि घात गरिनु हुँदैन ।

कम्युनिस्ट आन्दोलनलाई एक ढिक्का बनाएर अगाडि लानुपर्छ । त्यसका लागि अस्थायीरुपमा केही छन् भने चाँडो भन्दा चाँडो महाधिवेशन गरेर त्यसका लागि पदाधिकारीहरु बनाउनुपर्छ । आकांक्षीहरुका कुरा पूरा हुन सक्छ । निर्वाचन ढिलो र चाँडो हुन्छ । अस्थिरतामा पर्न सक्दैन । अब भावी दिनमा तमाम कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुलाई अनुरोध गर्न चाहन्छु । यो अहिलेको विषम परिस्थितिमा हतारिनु हुँदैन । अत्यन्त असहमता हुन जरुरी पनि छैन । एकताबद्ध भएर नेपाली जनताको चाहना पूरा गर्न हामी सबैले आआफ्नो ठाउँमा बढो इमान्दारितापूर्वक अगाडि बढ्नुपर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>