एथलेटिक्स

खैरहनीमा राष्ट्रपति रनिङ शिल्ड हुँदै

Banner

चितवन, फागुन १६–

खैरहनी नगरपालिकाले फागुन अन्तिम साता राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने भएको छ ।

फागुन २४ गतेदेखी २६ गते सम्म नगरपालिकाको नगरस्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्न लागेको नगर शिक्षा अधिकारी राजु बानियाँले जानकारी दिए । खैरहनी माध्यमिक विद्यालयमा हुने प्रतियोगितामा नगर भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुले विभिन्न विधामा प्रतिस्पर्धा गर्न पाउँनेछन् ।

खैरहनीमा २७ वटा सामुदायिक तथा २२ वटा निजी विद्यालय रहेका छन् । त्यस मध्येबाट कक्षा ६ देखी १२ सम्म अध्ययन गर्ने विद्यार्थीले प्रतियोगितामा सहभागीता जनाउन पाउने नगर शिक्षा अधिकारीले वानियाँले बताए । प्रत्येक विधामा २,२ जना छात्र छात्राले सहभागीता जनाउने छन् । रिले दौड तर्फ भने सहभागी हुने विद्यालयबाट वढिमा १,१ समुह छात्र तथा छात्रा (६ जनाको समूह) हुनु पर्नेछ । प्रतियोगितामा दौड, हाईजम्प, लङजम्प, ट्रिपल जम्प, ज्याभलिङ थ्रो, सटपुट, भलिवल, कवड्डी, तेक्वान्दोका खेलहरु हुने नगर शिक्षा अधिकारीले वानियाँले बताए ।

सहभागीताका लागि यही फागुन २० गते भित्र नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा विद्यालय र विद्यार्थीको नाम दर्ता गराउन विद्यालयहरुलाई सूचना तथा पत्राचार गरिसकेको छ । प्रतियोगिता संचालनका लागि सामाजिक विकास समिति संयोजक मनेजर महतोको संयोजकत्वमा ५ सदस्यीय तयारी उपसमिति तथा खैरहनी माविका प्रधानाध्यापक शम्भुशंकर बर्तौलाको संयोजकत्वमा ३ सदस्यीय अनुशासन उपसमिति समेत गठन गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>