बजार

महाअफर लिएर आयो दराज हाट बजार, यस्ता छन् ग्राहकलाई सुविधा

Banner

काठमाडौं, फागुन १२–

नेपालको सबैभन्दा ठूलो अनलाइन बजार, दराजले फागुन ११देखि दराज हाट बजार घोषणा गरेको छ ।

यस अभियानकासाथ् दराजले ग्राहकहरुको लागि महा डील, शून्य व्याजमा सजिलो मासिक किस्त (ईएमआई), खेल १ रूपैयाँको, निःशुल्क वितरण, निःशुल्क भाउचरहरु जस्ता आकर्षक प्रस्तावहरु लिएर आएको छ । यसका साथै ग्राहकहरुले दराज हाट बजारमा ५ लाखभन्दा बढी उत्पादनहरू उत्तम मूल्यमा पाउने छन् जसमा हरेक प्रकारका लुगा कपडा, नयाँ ग्याजेट, किराना, इत्यादी सामानहरू पर्दछन् ।

दराज हाट बजारमा प्रदर्शित “खेल १ रुपैयाँको” गेममा भाग लिए ग्राहकहरुले रु १९,९९९ मूल्यको नयाँ “मोटोरोलाजीप्ले” जस्ता पुरस्कार केवल १ रुपैयाँ मा जित्न सक्नेछन् । यस बाहेक ग्राहकहरुले रु १५,९९० मूल्यको “अनर वाचम्यगिक” घडी, साथै रु २१,७२५पर्ने आकर्षक “तिन सेटकोकामिलिंतजक सफ्ट साइड स्पिनर सुटकेस”पनि जित्न सक्नेछन्। इनिहरु सहित रु ७८४५ पर्ने “छ महिनाको डिश होम इन्टर्नेट प्याकेज”पनिजित्न सकिन्छ साथै अन्यउत्पादनहरु पनि रहेका छन् । खेलमाभागलिनग्राहकहरूले बैंक कार्ड मार्फत माथितोकिएको समानहरुलाई दराजएपमादिइएको भाउचर कोड प्रयोग गरि १ रुपैयाँमा भुक्तानी गर्न सक्दछन्। यदि जितेनन् भने रकम फिर्ता हुनेछ ।

साथै, दराजका सबै नयाँ प्रयोगकर्ताहरूले रु २०० मूल्य भएको पहिलो अर्डर भाउचर निःशुल्क पाउने छन् । यो केवल नयाँ प्रयोगकर्ताहरुको लागि मात्र हो । यो दराज एप पहिलो चोटी खोल्दा पाइन्छ र २००० वा अधिकको समान खरिद गर्दा प्रयोग गर्न मिल्छ । हाट बजारमा नयाँ प्रयोगकर्ताले अतिरिक्त भाउचरहरू जित्ने मौका पनि प्राप्त गर्नेछन् ।

निःशुल्क वितरण, निःशुल्क भाउचरहरू, र बैंक डेज छुट, र नयाँ ग्राहकलाइ थप छूट हुने भएकोले हाट बजार दराजबाट अनलाइन किनमेल गर्नको लागि उत्तम समय हो । हाट बजार को लागि उत्साहित दराज नेपालका प्रबन्ध निर्देशक, लिनो अलरिङ्गले भने, “ईएमआइ सेवाको सुरुवात, साथै अन्यथुप्रै अफरहर, र नेपालको धेरै नयाँ स्थानहरुमा दराजको होम डेलिभरी सेवाविस्तार भएकोले दराज हाट बजार दुबै नयाँ र पुराना दराजप्रयोगकर्ताहरुको लागी दराजबाट अनलाइनकिनमेल गर्न उत्तम समय हो।अहिलेको कठिन समयमा धेरै साना र मध्यमआकारका उद्यमहरू(एसएमई) दराजमाविक्रेता बनेर आयआर्जनको नयाँप्रवाहप्राप्त गरेका छन्। मलाई आशा छ कि यस अभियानले सबै एसएमई हरुलाई अत्यावश्यक बृद्धि पाउन सहयोग गर्नेछ ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>