Breaking News

नैतिकताको आधारमा प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्छः प्रचण्ड

०
Banner

चितवन, फागुन ११–

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।

सर्वोच्च अदालतले आज संसद पुर्नस्थापना गर्ने फैसला गरेपछि चितवनमा रहेका अध्यक्ष प्रचण्डले साँझ कार्यकर्ताहरुसंग खुशी साटासाट गर्दै प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने बताएका हुन् । उनले सर्वोच्चले जनताको पक्षमा फैसलामा गरेको भन्दै यो जनताको जीत भएको प्रतिक्रिया दिए ।

सर्वोच्चको फैसलापछि सो समूहका दुवै अध्यक्ष प्रचण्ड र माधव कुमार नेपालले एकअर्कालाई लड्डु खुवाएर खुशी साटासाट समेत गरेका छन् । सो समूह समर्थित युवाहरुले नारायणगढमा विजयी र्‍याली समेत निकालेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>