देश/प्रदेश
सिरहामा पाँच हजारले लगाए कोरोना बिरुद्धको खोप
०

लहान, फागुन ९ –
सिरहामा ५ हजार ३५३ जनाले कोरोना भाइरस बिरुद्धको खोप लगाएका छन् । दुई चरणमा सञ्चालन भएका खोप कार्यक्रम अन्तर्गत जिल्लामा पहिलो चरणमा ३ हजार ४२६ र दोस्रो चरणमा एक हजार ९२७ जनाले खोप लगाएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
सरकारले तोकेको मापदण्डभित्र परेकाले जिल्ला अस्पताल , रामकुमार उमाप्रसाद स्मारक अस्पताल र मिर्चैया प्राथमिक स्वास्थ्य केन्द्रबाट खोप लगाइएको कर्यालयका प्रमुख कृष्णणदेब यादवले जानकारी दिनुभयो । खोप लगाउनेमा स्वास्थ्यकर्मी, सुरक्षा निकाय, निजामति कर्मचारी, जनप्रतिनिधि र सञ्चारकर्मी रहेका छन् । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























