Breaking News

चितवनमा लागुऔषध खैरोहिरोइनसहित दुई युवा पक्राउ

Banner

चितवन, फागुन ८

चितवन प्रहरीले गत लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१७ गाँजीपुर बस्ने वर्ष २७ को धिरज लामा र भरतपुर महानगरपालिका–१० ज्ञानदर्शन चोक बस्ने ३० वर्षीय गोविन्द राउत रहेका छन् । लागुऔषध खैरोहिरोइन दुई ग्राम ८७० मिलिग्रामसहित लामालाई गत बुधबार र सोही लागुपदार्थ एक ग्राम ५७ मिलिग्रामसहित राउतलाई बिहीबार पक्राउ गरेको हो ।

पक्राउ परेका दु्ई जनालाई चितवन अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>