देश/प्रदेश

मुख्यमन्त्रीद्वारा प्रजातन्त्र दिवसको शुभकामना

Banner

गण्डकी, फागुन ७ –

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २००७ सालको क्रान्तिको प्रतिफल स्वरुप प्राप्त प्रजातन्त्रकै जगमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थासम्म आइपुगेको बताउनुभएको छ ।

७१ औं प्रजातन्त्र दिवसको अवसरमा आज प्रकाशित शुभकामना सन्देशमा उहाँले १०४ वर्षीय जहानीयाँ निरङ्कुश राणाशासनको अन्त्य गरी प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन आहुति गर्ने सम्पूर्ण शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै सम्पूर्ण अग्रजप्रति उच्च सम्मान प्रकट गर्नुभएको हो ।

मुख्यमन्त्री गुरुङले शुभकामना सन्देशमा भन्नुभएको छ, “संविधानको मर्म र भावनाअनुरुप सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गराउँदै सामाजिक न्यायसहित समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न सक्दा नै प्रजातन्त्र दिवसको अर्थपूर्ण स्मरण हुनेछ ।”

यो ऐतिहासिक दिनले सम्पूर्ण राजनीतिक दल, नागरिक समाजलगायत आम नेपाली दिदीबहिनी तथा दाजुभाइलाई एकजुट भएर लाग्न उच्च प्रेरणा प्रदान गर्ने विश्वास लिएको बताउँदै सन्देशमा उहाँले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>