Breaking News

प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त

Banner

काठमाडौं, फागुन ७–

प्रदेश २ को प्रदेश प्रमुखमा रौतहटका राजेश झा नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज (शुक्रबार) दिउँसो प्रदेश २ को प्रदेश प्रमुखमा झालाई नियुक्त गरेको हो । नेपालको संविधान धारा १६३ को उपधारा (२) बमोजिम झालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।

यसअघि आजै राष्ट्रपति भण्डारीले प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी थिइन् ।

नेपालको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश नं.२ का प्रदेश प्रमुखलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>