लुम्बिनी

बाँकेमा सेना सवार बस दुर्घटना, दश सैनिक घाइते

Banner

बाँके,फागुन ४-

बाँके जिल्लाको राप्ती सोनारी गाँउपालिका–२ मुगुवा खोलास्थित गएराति नेपाली सेनाको बस दुर्घटना हुँदा बसमा सवार १० जना गम्भीर घाइते भएका छन्। ​सोलु नाम्चेबाट कालिकोट संशेर गुल्मको लागि हिडेको ना ५ ख ५९१ नम्बरको बसमा नेपाली सेनाका क्याप्टेन उमेश राईसहित २३ जना सवार मध्ये १० जना घाइते भएका हुन्। उक्त बसको गति अनियन्त्रित भई दुर्घटना भएको बाँके प्रहरीले जनाएको छ।

सो दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४२ रिजर्भ गण बाँकेबाट तत्कालै एपीएफ टोली उद्धार कार्यको लागि खटिएको हो। गम्भीर घाइते भएकाहरुलाई उपचारको लागि नेपाली सेनाको अस्पताल नेपालगञ्ज राझातर्फ पठाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>