मध्य नेपाल

प्रधानमन्त्रीले गरे लुम्बिनी केबलकारको शिलान्यास

Banner

बुटवल,फागुन १ –

प्रधानमन्त्री केपी शर्मा ओलीले बुटबल उपमहानगरपालिका, ३ गोलपार्क, बमघाटमा लुम्बिनी केवलकारको शिलान्याश गरेका छन्। लुम्बिनी केबलकार प्रालिद्वारा निर्माण हुने यस केबलकार बमघाटबाट माथि बसन्तपुर डाँडासम्म पुग्नेछ । तीन किलोमीटर लामो केबलकारको यात्रापछि पुगिने बसन्तपुर डाँडामा सुविधासम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरु निर्माण हुनेछन् ।

प्रधानमन्त्री ओलीले सरकारले विकासका कामलाई द्रुतरुपमा अगाडि बढाउँछ भन्दै आयोजना अगाडि बढाउन सरकारको तर्फबाट पूर्ण सहयोग पुग्ने बताए। कोभिडले देशको पर्यटन क्षेत्रलाई पुगेको धक्कालाई समेत यस परियोजनाले सहयोग पुर्याओस भन्ने आफ्नो शुभकामना रहेको उनले बताए ।

उनले बुटवलको जनसंख्या, भारतको उत्तरप्रदेश एवम् लुम्बिनी आउने विदेशी पर्यटकका माझ यो केबलकार लोकप्रिय बन्ने बताए । आयोजनाका निर्माणकर्ताहरुले आयोजना एकवर्ष भित्र सक्ने प्रतिवद्धता जनाएकोमा प्रसंशा गर्दै यसका लागि जेजस्तो सहयोग चाहिन्छ सरकारले पुरा गर्ने बताए । उनले बुटवल ज्ञानमूभि, ध्यान भूमि र तपोभूमि रहेको भन्दै यसको धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्वलाई पनि सघाउ पुर्याउने अपेक्षा व्यक्त गरे ।

अर्थमन्त्री विष्णु पौडेलले बुटवलमा विकास निर्माणका कामले गति लिएका छन् र यसबिचमा लुम्बिनी केबलकार रोलमोडल बन्ने बताए । मुख्यमन्त्री शंकर पोखरेलले विकास सबैका लागि हो, यो आयोजनाबाट लुम्बिनी प्रदेशका हामी सबै खुशी रहेको बताए । लुम्बिनी केबलकार प्रालिका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस क्षेत्रलाई नेपालको एक ऐतिहासिक तथा पर्यटकीय संगमस्थल सहितको गन्तव्यका रुपमा विकास गर्ने प्रयत्न स्वरुप यो आयोजना सुरु गरेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>