देश/प्रदेश

मृत्युपछि शरीर दान गर्ने सत्यमोहन जोशी दम्पतीको निर्णय

Banner

काठमाडौं, माघ ३० –

शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी पत्नी राधादेवी जोशीले मरणोपरान्त आफ्नो शरीर दान दिने निर्णय गरेका छन् । उनीहरुले मृत्युपछि आफूहरुको शरीर किस्ट अस्पतालद्वारा सञ्चालित मेडिकल कलेजलाई दान गर्ने निर्णय गरेका हुन् । किस्ट अस्पतालले जोशी दम्पत्तिको निःशुल्क हेरचाह गरिरहेको छ ।

औषत उमेरमा मृत्यु हुने मान्छेको शरीरको अध्ययन भइरहेको भएपनि सय वर्ष उमेर कटिसकेको अवस्थामा शरीरको अवस्था कस्तो हुँदोरहेछ भन्ने जानकारी मिलोस् भनेर पनि दान गर्न लागिएको जोशीले जानकारी दिए । यसबारे औपचारिक घोषणाका लागि शुक्रबार ललितपुर महानगरको कार्यालय पुल्चोकमा कार्यक्रम राखिएको छ । जोशी नेपालका संस्कृतिविद् हुन् । उनले तिन पटक मदन पुरस्कार पनि पाएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>