देश/प्रदेश

आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्टसहित चार दलको संयुक्त मोर्चा घोषणा

Banner

काठमाडौँ — सरकारविरुद्ध चन्द नेतृत्वको नेकपासहित चार दलको संयुक्त मोर्चा घोषणा भएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले आज त्यसको औपचारिक घोषणा गरेको हो । उनीहरुले काठमाडौंको प्रज्ञा भवनमा घोषणासभा गरेका हुन् ।

विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच मोर्चाबन्दी घोषणा भएको हो ।

घोषणा कार्यक्रममा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव वैद्यले मोर्चाले वर्तमान प्रतिक्रियावादी राज्यसत्ताको अन्त्य, संसदीय व्यवस्थाको अन्त्य गरी जनगणतन्त्र र वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्य राखेको बताए । वैद्यले प्रतिनिधिसभाको विघटन संसदीय व्यवस्थाको असफलताको अभिव्यक्ति भएको बताएका छन् ।

त्यस्तै कार्यक्रममा बोल्दै वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका विश्वभक्त दुलाल (आहुति) ले निकै ठुलो चुनौतीको बीचबाट रणनैतिक एकता हासिल गरेको बताएका हुन् । आहुतीले नेपाली समाजलाई अग्रगामी विकासका निम्ती एउटा नयाँ ऐतिहासिक पहलको सुरुवात गरेको महशुस भएको थियो ।

रणनैतिक संयुक्त मोर्चाको पहिलो चरणको आन्दोलन घोषणा गरेको छ । घोषणापत्र अनुसार फागुन ६ गते बुटवलमा सरकार विरुद्ध जनसभा , फागुन १४ गते धनगढीमा र फागुन १८ गते इटहरीमा जनसभा गर्ने भएको छ । चारै दलले वैदेशिक शक्तिको आड भरोसा र इसारामा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको बताएका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>