Breaking News

चितवनमा गुलाफको उत्पादन घट्यो, प्रेम दिवसलाई एक करोड रुपैयाँको गुलाफ माग

Banner

चितवन, माघ २७-

चितवनमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै जाँदा प्रेम दिवसप्रति युवायुवतीको आकर्षण बढ्दो छ । तर, प्रेम दिवसमा उपहारको रुपमा दिइने गुलाब फूलको उत्पादन भने निरन्तर घट्दै गइरहेको छ ।

समय र तापक्रमको सन्तुलन मिलाउन नसक्दा कुनै बेला नेपालमै अग्रस्थानमा आउने चितवनको गुलाब उत्पादन अहिले निरन्तर घटेको हो । फेब्रुअरी १४ को दिन प्रेमी जोडीहरुले एक–अर्कालाई गुलाब फूल, कार्ड र उपहार स्वरुप विभिन्न सामानहरु आदनप्रदान गर्ने चलन छ । सोही अवसरमा यस दिन चितवनसहित देशभर करोडौं रुपैयाँको गुलाफको फूलको कारोवार समेत हुने गरेको पुष्प व्यवसायीहरुले बताएका छन् ।

पुष्प व्यवसायी संघ चितवनका पूर्व अध्यक्ष प्रकाश पन्तले भ्यालेन्टाइन डेमा चितवनमा गुलाब फूलको माग निरन्तर बढेको भए पनि उत्पादन भने घटेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘भ्यालेन्टाइन डे मा अन्य समयमा ५० रुपैयाँमा बिक्री हुने गुलाब यस दिन १०० रुपैयाँ बिक्री हुने गरेको छ । यसको बिरुवा महंगो र उत्पादनमा धेरै नै मेहनत गर्नुपर्ने भएकोले पनि चितवनमा उत्पादन घटेको छ । एउटा बिरुवालाई १५० रुपैयाँसम्म पर्छ ।’ गुलाब फूलको उत्पादन गर्न तापक्रम ३० देखि ३२ डिग्री सेन्टिग्रेडको आवश्यकता पर्छ तर चितवनमा धेरै गर्मी हुने भएकोले यसको उत्पादन चितवन भन्दा पहाडी क्षेत्रमा नै बढी हुने गरेको छ । खुला ठाउँमा खेती गरेको गुलाब त्यति आकर्षक नदेखिने भएकोले ग्रिन हाउमा खेती गर्दा चितवनमा तापक्रम र प्रकाशको सन्तुलन मिल्न नसकेको व्यवसायी पन्तले जानकारी दिए ।

अहिले चितवनमा गुलाब फूलको बढ्दो माग भए पनि सदाबहार फूलको खेतीमा किसान आकर्षित भएको प्राविधिक बताउँछन् । कृषि ज्ञान केन्द्र चितवनकी वागवानी प्राविधिक सहायक पुनम पौडेलले चितवनमा पुष्प खेती गर्नेको संख्या बढ्दै गए पनि गुलाबको खेती भने घट्दै गएको बताइन् । उनले भनिन्, ‘विशेष अवसरमा मात्र गुलाबको बिक्री हुने भएकोले यसको बजार सानो छ । जोगाएर राख्न र उत्पादन गर्न पनि कठिन भएकोले किसानको आकर्षण गुलाबमा छैन ।’ धेरै किसानको आकर्षण सयपत्री फूलमा देखिएको उनले बताइन् ।

नेपालमा मागअनुसार गुलाफको उत्पादन हुन सकेको छैन । अन्य स–साना कार्यक्रम र सजावटका लागि नेपालकै उत्पादनले धाने पनि प्रेम दिवसका लागि भने हरेका वर्ष गुलाफको आयात बढ्दै गइरहेको छ । देशभर बजारको मागअनुसार ८० प्रतिशत अर्थात् ९६ हजार स्टिम गुलाफको फूल आयात गर्नुपर्ने व्यवसायीहरुले बताएका छन् ।

साथै फेब्रुअरी महिनामा पर्ने प्रेम दिवसको अवसरमा नेपालमा प्रतिकुल मौसम अर्थात् जाडो सिजन हुने भएकाले यहाँका गुलाफको आन्तरिक उत्पादन कमी आएको प्राविधिकहरु बताउँछन् । यसवर्षको प्रेम दिवसमा देशभर एकदेखि सवाँ करोडसम्मको फूलको कारोबार हुने पुष्प व्यवसायीहरुको अनुमान छ । गत वर्ष देशभर एक लाख २० हजार स्टिम गुलाफको फूल आयात भएको थियो भने यो वर्ष २४ हजार स्टिम घटेको छ । गत वर्ष प्रति स्टिम रु ८० देखि १०० को हाराहारीमा २ लाख स्टिम गुलाफको कारोबार भएको थियो ।

नेपालमा गुलाफ फूलको व्यावसायिक खेती मुख्य गरी काठमाडौँ उपत्यका भित्रको तीन जिल्ला, चितवन, काभ्रेपलाञ्चोेकमा हुने गर्छ । चितवनको उत्पादन घटेसँगै धेरै प्रतिशत गुलाब विदेशबाट ल्याउनुपर्ने बाध्यता छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>