Breaking News

चितवनमा हवाइ यात्रुको संख्या बढ्यो, एक महिनामा १३ हजार बढीले लिए सेवा

Banner

चितवन, माघ २६-

कोरोना संक्रमणले सुस्ताएको भरतपुरको विमानस्थलको आन्तरिक उडान अंग्रेजी नयाँ वर्षसँगै उत्साहजनकरुपमा बढेको छ । सन् २०२१ को पहिलो महिना आन्तरिक उडानमा भरतपुरको दुईतर्फी यात्रु सहभागिता हवाई सेवा कम्पनीहरूका लागि उत्साहजनक रहेको पाइएको छ।

नागरिक उड्डयन प्राधिकरणको तथ्यांक अनुसार गत जनवरी महिनामा मौसमले कयौं उडान रद्ध हुँदा पनि भरतपुरमा विभिन्न एयरलाइन्सको अवतरण २०५ वटा र उडान २०५ वटा भएका थिए ।

विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले कोरोनाको महामारीपछि विस्तारै तुलनात्मकरुपमा हवाइ यात्रुहरुको संख्या बढिरहेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘चितवनमा हवाइ उडानमा खर्च गर्ने नागरिकको क्षमता बढ्दै गएको छ । कोरोनाका कारणले हवाइ यात्रु थप सुरक्षित महसुस गरेका छन् । ’ उनले कोरोनाको त्रास घट्दै गएर चितवनमा पर्यटकीय गतिविधि बढ्दै गएकोले पनि हवाइ यात्रुहरु बढेको बताए ।

मौसमको खराबीका कारण बेला बेला पूर्वनिर्धारित उडानका तालिका प्रभावित भए पनि जनवरी महिनाको तथ्यांकले हवाई सेवा कम्पनीहरू राम्रो फाइदा कमाउन सफल रहेको देखाएको छ । तुलनात्मकरूपमा टिकट दर सस्तो भए पनि सञ्चालन खर्चसहित नाफा आर्जनमा कम्पनीहरू सफल देखिएका छन्। तर, कोरोना संक्रमणको त्रासबाट जनजीवन सामान्यतर्फ फर्कन लाग्दा बितेको जनवरीको यात्रु आवागमनलाई उल्लेख्य संख्या मान्नुपर्ने व्यवसायीले बताएका छन् । यो सिजनमा घुमघाम र व्यापारिक कामसँगै राजीतिक प्रयोजनका लागि हवाई यातायातको सेवा लिने यात्रुका कारण चहलपहल बढेको कम्पनी प्रतिनिधिहरू पनि स्वीकार्छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>