Breaking News

चितवनको रंगशालामा खेलाडी र कलाकारको मैत्रीपूर्ण क्रिकेट, टिम सुन्तली ‘ए’ विजयी

Banner

चितवन, माघ २४

चितवनको रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणलाई सहयोग जुटाउन आज भएको कलाकार र खेलाडीबीचको क्रिकेट प्रतियोगिताको फाइनलमा टिम सुन्तली ‘ए’ दुई रनले विजयी भएको छ ।

सुरुमा बलिङ गरेको टिम सुन्तली ‘ए’ ले ९७ रनको टार्गेट दिएकोमा टिम धुर्मुस ‘ए’ ले सबै १० ओभरको समाप्तीमा ४ विकेटको क्षतिमा ९५ रन बनाएको थियो ।

विजयी टिममा कुञ्जना घिमिरे टिम क्याप्टेन रहेकी थिइन् भने टिम र्धुमुस ‘ए’ को कप्तानी सिताराम कट्टेलले गरेका थिए । टिम सुन्तलीका अन्य खेलाडीहरुमा विनोद भण्डारी, सिता राना मगर, इन्दु वर्मा, विवेक सिंह ठकुरी, प्रकाश सपुत, अनिल गुरुङ, बचन कार्की, रामकृष्ण ढकाल, अनुपविक्रम साही रहेका थिए । त्यस्तै प्रतियोगितामा सह विजेता टिम धुर्मुस ‘ए’ का खेलाडीहरुमा ज्ञानेन्द्र मल्ल, अनिल शाह, सुनिल थापा, प्रमोद खरेल, दयाहाङ राई, रवि ओड, नरेश भट्टराई, सुरक्षा पन्त, सदिना श्रेष्ठ र बेनिसा हमाल रहेका थिए ।

चारवटा टिम सहभागी प्रतियोगितामा भएका दुई खेलमा पहिलो खेलमा टिम धुर्मुस ‘ए’ र टिम सुन्तली ‘ए’ विजयी भएका थिए । दुई टिमबीच दोस्रो चरणमा फाइनल खेल भएको थियो । पहिलो खेलमा टिम धुर्मुस ‘ए’ ६ रनले विजयी भएको थियो । टिम ‘ए’ ले ७० रनको टार्गेट दिँदा ‘बी’ ले ६३ रन मात्र ल्याएको थियो । त्यसैगरी दोस्रो खेलमा टिम सुन्तली ‘ए’ र ‘बी’ बीच भएको खेलमा सात विकेटले टिम सुन्तली‘ए’ विजी भएको थियो । जसले ५७ को टारगेट दिँदा‘बी’ ५० रन मात्र ल्याएको थियो ।

देशका राष्ट्रिय खेलाडी र कलाकारहरुको सहभागिता रहेको खेलको उद्घाटन गर्दैै महानगर प्रमुख रेनु दाहाले महानगरले गौरवको आयोजना समयमै पूरा गर्न हर प्रकारको सहयोग गरिरहेकोे बताइन् । उनले यस गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सम्पन्न गर्न देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीलाई सहयोग गर्न आग्रह गरिन् । कार्यक्रममा खेलाडी तथा कलाकारहरूलाई माला लगाएर स्वागत गर्दै विजयको शुभकामना दिएकी थिइन् ।

कार्यक्रम गृष्म इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक गेहेन्द्र घिमिरेको व्यवस्थापनमा सम्पन्न भएको थियो । एक दिवसीय मैत्रीपूर्ण खेलको भरतपुर महानगर प्रमुख रेनु दाहालले र ब्याटिड्ग र फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले बलिङ गरेर उद्घाटन गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>