Breaking News

चितवनको क्रिकेट रंगशालामा कलाकार र खेलाडीबीचको रोमाञ्चक फाइनल खेल जारी

Banner

चितवन, माघ २४-

चितवनको निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशा निर्माणलाई सहयोग जुटाउन आज  कलाकार र खेलाडीबीच क्रिकेट प्रतियोगिताको फाइनल खेल चलिरहेको छ ।

चारवटा टिम सहभागी प्रतियोगितामा भएका दुई खेलमा पहिलो खेलमा टिम धुर्मुस ‘ए’ र टिम सुन्तली ‘ए’ विजयी भएका थिए । अहिले विजयी दुई टिमबीच फाइनल खेलको रोमाञ्चक प्रतिस्पर्धा भइरहेको छ । पहिलो खेलमा टिम धुर्मुस ‘ए’ ६ रनले विजयी भएको थियो । टिम ‘ए’ ले ७० रनको टार्गेट दिँदा ‘बी’ ले ६३ रन मात्र ल्याएको थियो । त्यसैगरी दोस्रो खेलमा टिम सुन्तली ‘ए’ र ‘बी’ बीच भएको खेलमा सात विकेटले टिम सुन्तली‘ए’ विजी भएको थियो । जसले ५७ को टारगेट दिँदा‘बी’ ५० रन मात्र ल्याएको थियो ।जारी फाइनल खेलमा टिम सुन्तली ‘ए’ ले व्याटिङ र टिम धुर्मुस ‘ए’ ले बलिङ गरिरहेका छन् ।

 


देशका राष्ट्रिय खेलाडी र कलाकारहरुको सहभागिता रहेको खेलको उद्घाटन गर्दैै महानगर प्रमुख रेनु दाहाले महानगरले गौरवको आयोजना समयमै पूरा गर्न हर प्रकारको सहयोग गरिरहेकोे बताइन् । उनले यस गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सम्पन्न गर्न देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीलाई सहयोग गर्न आग्रह गरिन् । कार्यक्रममा खेलाडी तथा कलाकारहरूलाई माला लगाएर स्वागत गर्दै विजयको शुभकामना दिएकी थिइन् ।

कार्यक्रम गृष्म इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक गेहेन्द्र घिमिरेको व्यवस्थापनमा सम्पन्न भएको थियो । एक दिवसीय मैत्रीपूर्ण खेलको भरतपुर महानगर प्रमुख रेनु दाहालले र ब्याटिड्ग र फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले बलिङ गरेर उद्घाटन गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>