Breaking News

विप्लवलाई मुलधारको राजनीतिमा ल्याइने,निरन्तर प्रयास गर्दै सरकार

Banner

काठमाडौं,माघ २४-

सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ समूहलाई मूलधारको राजनीतिमा ल्याउने प्रयास सुरु गरेको छ । उनीहरुलाई मूलधारको राजनीतिमा ल्याएर शान्तिपूर्ण वातावरणमा अवतरण गराउने उद्देश्यसहित पछिल्ला प्रयासहरु भइरहेका खानेपानीमन्त्री मणि थापाले बताउनुभयो ।

केही दिनअघि आफूले नख्खु कारागारमा विप्लव समूहका नेता हेमन्त प्रकाश ओलीसँग कुराकानी भएको भन्दै उहाँले मूलधारमा आएर प्रतिस्पर्धात्मक राजनीति गर्नुको विकल्प नै नरहेको बताउनुभयो । अबको चुनावमा सबै राजनीतिक दलहरुलाई सहभागी गराउने उदेश्य अनुरुप विप्लव समूहका नेताहरुसँग कुराकानी भइरहेको मन्त्री थापाले उज्यालोलाई जानकारी दिनुभयो । नख्खु जेलमा भएको भेटमा नेता ओलीले मूलधारमा आउने ढोका खोलिदिन सरकारसँग आग्रह गर्नुभएको मन्त्री थापाको भनाइ छ । मूलधारमा ल्याउने वातावरण बनाएर सरकारले अभिभावकत्व ग्रहण गर्न खोजेको भन्दै उहाँले भूमिगत शक्तिहरुलाई मूलधारमा ल्याउन खोजिएको बताउनुभयो ।

सरकारले गएको २०७५ सालको फागुन १५ गते विप्लव समूहलाई प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>