मध्य नेपाल

रेडियो देवघाटको कार्यवाहक अध्यक्षमा भुसाल

Banner

देवघाट,माघ २४-

सगरमाथा सञ्चार सेवाद्धारा सञ्चालित रेडियो देवघाट १०२.६ मेगाहर्जको कार्यवाहक अध्यक्षको जिम्मेवारी विजयराज शर्मा भुसाललाई दिइएको छ । रेडियो देवघाट सञ्चालक समितिको पूर्ण बैठकले उपाध्यक्ष शर्मा भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेको हो । सामुदायिक रेडियो देवघाटका संस्थापक अध्यक्ष भक्ति प्रसाद तिमिल्सेनाको पुस २७ गते कोरोना (कोभिड १९) को संक्रमणका कारण निधन भएपछि विजयराज शर्मा भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेको रेडियो देवघाटका महासचिव निरन्जन हाडाले जानकारी दिनुभयो । कार्यवाहक अध्यक्षमा चयन भएपछि भुसालले रेडियोको विकास र नियमित सञ्चालनमा आफु लागिपर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । उहाँले देवघाटमा स्थापित भइसकेको रेडियोलाई परिमार्जन गर्दे लैजना बताउनुभयो ।

एतिहासिक एवं धार्मिक क्षेत्र देवघाटमा वि.स. २०६७ माघ १ गते सञ्चालन भएको रेडियो १० औं वर्ष पारगरी ११ वर्षमा प्रवेश गरेको छ । रेडियोेले १० औं वार्षिकोत्सवको अवसरमा यही माघ २६ गते अन्तर महिला समुह हाजिरीजवाफ प्रतियोगिता र समापन कार्यक्रम आयोजना गर्न लागेको रेडियोका स्टेशन मेनेजर सुवास लामिछानेले जानकारी दिनुभयो । देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाको प्रमुख आतिथ्यतामा वार्षिकोत्सबका कार्यक्रम समापन गर्ने लामिछानेले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>