Uncategorized

बन्दका दिन जनताको ट्याक्सी जलाएर आफू गाडी चढेर गए प्रचण्ड

Banner

काठमाडौँ, माघ २२ –

सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको नेकपाको दाहाल–नेपाल समूहका कार्यकर्ता सडकमा गाडी चढेर बन्दमा सहभागी भएका छन् । अरुलाई चाहीँ गाडीसमेत चल्न रोक लगाइरहेका दाहाल–नेपाल समूहका कार्यकर्ताहरु भने गाडी चढेर बन्दमा सहभागी भएका छन् ।

जनताका लागि आन्दोलन गरेको भनेका उनीहरूले सर्वसाधारणका ट्याक्सी, मोटरसाइकलहरु जलाईदिएका छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल बा१७च ३०७१ नम्बरको ल्याण्ड क्रुजर गाडी चढेर ललितपुरको पुलचोक पुगेका हुन् । त्यहाँ उनी गाडीबाट ओर्लिएर बीच सडकमा केही समय पलेटी कसेर बसेका थिए । त्यसपछि फेरि दाहाल गाडी चढेर नै जावलाखेलतर्फ लागेका थिए । चितवनसहित देशभर दाहाल–नेपाल समूहका कार्यकर्ताहरुले बन्द हड्ताल गरीरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>