देश/प्रदेश

कालो प्लाष्ट्रिकमा भेटियो १८५ राउण्ड गोली

Banner

विराटनगर, माघ २२ –

मोरङको उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारमा १८५ राउण्ड गोली भेटिएको छ । जमिनमुनि गाडेको अवस्थामा एसएलआर राइफलमा प्रयोग हुने ७.६२ एमएम गोली भेटिएको प्रहरीले जनाएको छ ।

स्थानीय दलबहादुर लिम्बूको घरनजिक खेतमा कालो प्लाष्ट्रिकमा गाडेको अवस्थामा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।

स्थानीय ५३ वर्षीय भक्तबहादुर सुवेदीले खेत खन्ने क्रममा कालो रंगको प्लाष्ट्रिकभित्र पोको पारेर माटो मुनि गाडेको अवस्थामा गोली भेटेका थिए । गोली द्वन्द्वका समयमा माओवादीका कार्यकर्ताले गाडेको हुनसक्ने प्रहरीको अनुमान छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>