Breaking News

ओलीको प्रश्नः जनताले के बिगारे र दुःख दिन नेपाल बन्द ?

Banner

काठमाडौं,माघ २१-

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बन्द गरेर जनतालाई दुःख नदिन आग्रह गरेका छन् । भूमिहिन सुकुम्बासी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधामन्त्री ओलीले नेपाल बन्द गरेर जनतालाई दुःख नदिन आग्रह गरेका हुन् । नेकपाको प्रचण्ड नेपाल समूहले संवैधानिक आयोगमा भएको नियुक्तिहरुको विरोधमा भोली नेपाल बन्दको घोषणा गरेको छ । सोही घोषणालाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले जनताले के विगारेका छन् र दुःख दिने ? भन्दै प्रश्न गरे ।

उनले भने, नेपाल बन्द रे ! जनताले के बिगारे र जनतालाई दुःख दिने रु बन्द भनेको जनतालाई दुःख दिनका लागि हो।’ प्रधानमन्त्री ओलीले देश निर्वाचनमय भएको बेला निर्वाचनको तयारीमा नलागेर प्रचण्ड नेपाल समूहले आफ्नो चरित्र देखाइरहेको पनि बताए । उनले पार्टीमा शुद्धिकरण आवश्यक भएका कारण यस्तो अवस्था आएको पनि बताए । उनले सुकुम्बासीहरुका समस्या समाधान हुन नदिनुमा माधव नेपाल लगायतका नेताहरुको मुख्य हात रहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>