समाज
प्रचण्ड-माधव समूहको चेतावनीः आन्दोलनकरीहरुमाथि कारबाहीमा उत्रने सुरक्षाकर्मीलाई नोटिसमा राख्ने छौं
०

काठमाडौं,माघ १९-
नेकपा प्रचण्ड माधव पक्षको केन्द्रीय संघर्ष समितिले अनेरास्ववियूका नेता प्रसुन कार्कीलाई प्रहरीले कुटपिट गरेको घटनाको भर्त्सना गरेको छ। केन्द्रीय संघर्ष समितिका प्रवक्ता योगेशकुमार भट्टराईले सोमबार प्रेसनोट जारी गर्दै कार्कीमाथि भएको घटनाको निन्दा गरेका हुन्।
उनका अनुसार प्रहरीको कुटाइबाट कार्कीको आँखा र अनुहारमा गहिरो चोट लागेको छ। यस्तो निन्दनीय कार्य गर्ने प्रहरीमाथि कार्वाही गर्न माग गर्दछौं । आन्दोलनकरीहरुमाथि कारबाहीमा उत्रने कुनै पनि ब्यक्ति र सुरक्षाकर्मीका बारेमा पार्टीको संघर्स समितीले नोटीसमा राख्ने जानकारी समेत गराउदछौं, प्रेसनोटमा उल्लेख छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























