Breaking News

यादव पाठक भूमि समस्या समाधान आयोग चितवनको अध्यक्ष नियुक्त

Banner

चितवन,माघ १९-

भूमि समस्या समाधान आयोग चितवनको अध्यक्षमा यादव पाठक नियुक्त भएका छन । आज (सोमबार) सरकारले ७७ वटै जिल्लामा भूमि सम्बन्धी समस्या समाधान गरि भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको हो ।

आयोगको जिल्ला सदस्यहरुमा महादेवी खतिवडा र शान्तराज आचार्य नियुक्त भएको नेकपा चितवनकी नेतृ तथा राष्ट्रियसभा सांसद दिलकुमारी रावल ‘पार्वती’ले नारायणी अनलाइनलाई जानकारी दिइन । पाठक तत्कालिन नेकपा एमालेको जिल्ला संगठन विभाग प्रमुख थिए । उनि तत्कालिन जुटपानी गाविसको दुई पटक अध्यक्ष समेत बनेका थिए । रत्ननगर नगरपालिका १० निवासी यादव दर्जनौ संघसंस्थामा आबद्ध छन ।

पाठकले सुरुवातमा कार्यालयको व्यवस्थापन गरेपछि भूमिहिनलाई लालपूर्जा उपलब्ध गराउने अभियानमा तीब्रताका साथ लाग्ने प्रतिकृया दिए । भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा १५ गतेको मन्त्रिपरिषद बैठकले ७७ जिल्लामा अध्यक्ष र सदस्य नियुक्त गरेको हो ।

७७ जिल्ला अध्यक्ष र २ सदस्यगरी ७७ जिल्लामा २ सय ३१ जना जिल्ला समितिका पदाधिकारी सरकारले नियुक्त गरेको हो । भूमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रिय अध्यक्ष चितवनकै देवी ज्ञवाली छन् । आयोगका जिल्ला पदाधिकारीको सपथग्रहण माघ २४ गते आयोगका अध्यक्ष देवी ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गराउने कार्यक्रम तय भएको छ ।

भूमि आयोगका जिल्ला अध्यक्ष र सदस्य प्रायः सबै सोही जिल्लाका नेकपा नेता छन् । आयोगको अध्यक्ष र सदस्यमा महिलाको संख्या पनि उल्लेख छ । आयोगका पदाधिकारीको नियुक्तिको सूचना सोमवार साँझै राजपत्रमा प्रकाशित भएको छ । आयोगका अध्यक्षले नेपाल सरकारको प्रथम श्रेणी सहसचिव सरहको र सदस्यले द्धितिय श्रेणी उपसचिव सरहको सेवा सुविधा पाउने आयोगका विज्ञ सदस्य जगत देउजाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>