देश/प्रदेश
धादिङको सिम्लेमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु
०

काठमाडौं, माघ १९ –
धादिङको सिम्लेमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भने एक जना गम्भीर घाइते भएका छन् । सोमबार बिहान चितवनबाट रड बोकेर काठमाडौंतर्फ आइरहेको लु २ ख २७० नम्बरको ट्रकले सिमेन्ट बोकेको ना ६ ख ६४६५ नम्बरको ट्रकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा रड बोकेको ट्रकमा सवार दुई जनाको ज्यान गएको छ भने एक जनाको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ । उनीहरुको सनाखत नभइसकेको इलाका प्रहरी कार्यालय खानीखोलाले बताएको छ ।
प्रहरीका अनुसार रड बोकेको ट्रकको अघिल्लो भाग पूर्ण रूपमा क्षति भएको छ भने अर्को ट्रकमा सामान्य क्षति पुगेको छ ।
फाइल तस्बिर
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























