देश/प्रदेश
अदालतमा राजपत्रबारे प्रश्न उठाउँदा प्रधानन्यायाधीशले रोके

काठमाडौं, माघ ११ –
सरकारले संसद विघटनको सूचना रातरात राजपत्रमा प्रकाशित गरेको विषय अदालतमा उठाउँदा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले रोक लगाएका छन् ।
संवैधानिक इजलासमा वकिलहरुले अहिलेसम्म प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा प्रकाशित नभएको विषय उठाएका थिए । त्यसको भोलिपल्ट ५ पुसको मितिमा राजपत्र प्रकाशित गरेर इजलासमा पेश गरिएको थियो ।
आइतबार इजलास सुरु हुनासाथ वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले यसबारे प्रश्न उठाएका थिए । राजपत्र प्रकाशित गर्ने प्रक्रिया हुन्छ भन्दै उनले बोल्दा प्रधानन्यायाधीशले तपाईंको निवेदन यहीँ राखेका छौं । अहिले यो विषय प्रवेश नगरौं भनेर रोकेका हुन ।
श्रेष्ठले दुई मिनेटभन्दा समय लिन्न भनेका थिए । तर जबराले भने, ‘जे कुराको पनि ड्यु प्रोसेस हुन्छ । तपाईंले कुरा राखेपछि अर्को पक्षलाई पनि जवाफ दिन दिनुपर्ने हुन्छ । त्यसैले अहिले नगरौं ।’

























