देश/प्रदेश
ओलीप्रतिगमनले संविधानरूपी लोकमार्गमा ठूलो पहिरो ल्यायो : डा. भट्टराई

काठमाडौं, माघ ११ –
जनता समाजवादी पार्टी (जसपा)का नेता तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले ओलीप्रतिगमनले संविधानरूपी लोकमार्गमा ठूलो पहिरो ल्याएको बताएका छन् । उनले सामाजिक संजालमा लेख्दै पहिरो मर्मत नगरी चुनावको गाडी कुदाउने रहरले झन् ठुलो दुर्घटना ल्याउने बताएका हुन् ।
उनले लेखेका छन् , ‘ओलीप्रतिगमनले संविधानरूपी लोकमार्गमा ठूलो पहिरो ल्याएको छ।पहिरो मर्मत नगरी चुनावको गाडी कुदाउने रहरले झन् ठुलो दुर्घटना ल्याउनेछ।२०१४सालमा संविधानसभाको निर्वाचन सट्टा महेन्द्रले जारी गरेको संविधान मानेर चुनावमा जाॅदा बिपीले खाएको धोका नबिर्सौं!२०१७पछिका तुलसी गिरी,केशरजंग नबनौं!
ओलीप्रतिगमनले संविधानरूपी लोकमार्गमा ठूलो पहिरो ल्याएको छ।पहिरो मर्मत नगरी चुनावको गाडी कुदाउने रहरले झन् ठुलो दुर्घटना ल्याउनेछ।२०१४सालमा संविधानसभाको निर्वाचन सट्टा महेन्द्रले जारी गरेको संविधान मानेर चुनावमा जाॅदा बिपीले खाएको धोका नबिर्सौं!२०१७पछिका तुलसी गिरी,केशरजंग नबनौं!
— Baburam Bhattarai (@brb1954) January 24, 2021

























