Breaking News

प्रधानमन्त्रीको निर्देशनपछि यो वर्ष चिकित्सा शिक्षाको शुल्क नबढ्ने

Banner

काठमाडौं,माघ ११-

चिकित्सा शिक्षा आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले प्रस्ताव गरेको विभिन्न मेडिकल विषयहरुको शुल्क यो वर्ष नबढाइने भएको छ । प्रधानमन्त्री एवं आयोगका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारको आयोगको बैठकमा कोरोना महामारीको समय भएकाले प्रस्ताव गरिएको शुल्क नबढाउन निर्देशन दिएका थिए ।

आयोगले शैक्षिक सत्र २०७७/७८ मा एमबीबीएस कार्यक्रमका लागि आठ लाख रुपैयाँ बढाउनुपर्ने प्रस्ताव पेस गरेको थियो । सिफारिस समितिले १७ विषयमध्ये बीडीएस, एमडीएमएस, एमडीएस साइन्स, एमडी आयुर्वेद, एमएन एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी मेडिकल माइक्रबायोलोजी, एमएस्सी बेसिक साइन्स, एमफिल क्लिनिकल साइकोलोजीमा शुल्क बढाउन सिफारिस गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>