देश/प्रदेश

विप्लव कार्यकर्ताले मकवानपुरमा पिकअप जलाए

Banner

मकवानपुर, माघ ८ –

नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताले मकवानपुरमा पिकअप जलाएका छन् ।

बन्द घोषणा गरेको दिन शनिबार बिहान विप्लव कार्यकर्ताले बा१३च ७९६९ नम्बरको पिकअप भ्यान जलाएका हुन्।

भीमफेदीमा सामान अनलोड गरेर काठमाडौं फर्किँदै गरेको पिङकअप फर्पिङ र मकवानपुरको सिमानामा जलाइएको प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए । आगजनीबाट पिकअपमा आंशिक क्षति भएको छ । बिहान २ बजे पिकअपमा आगो लगाएर विप्लव कार्यकर्ता भागेका थिए।

पिकअपका चालक पनि फेला नपरेको प्रहरी उपरीक्षक राठौरले बताए। मकवानपुरबाटै पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलालाई प्रहरीले पक्राउ गरेको विरोधमा शनिबार सो समूहले नेपाल बन्दको घोषणा गरेको छ।

 

 

 

फाईल तस्बिर

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>