Breaking News
नेपालमा आयो १० लाख कोरोनाविरुद्धको खोप, भोलिदेखि सातै प्रदेशमा पठाइने

काठमाडौं,माघ ९-
हिजो मात्रै भारतबाट अनुदानमा ल्याइएको कोरोना विरुद्धको कोभिसिल्ड खोप भोलिबाट सातै प्रदेशमा पठाउन सुरु गरिने भएको छ। स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले आज सात प्रदेश र जिल्लागत रुपमा स्वास्थ्यकर्मीको विवरण यकिन गरेपछि आवश्यकताका आधारमा खोप सातै प्रदेशमा पठाइने बताएको छ। बिहीबार मध्याह्नन १२ बजे एयर इन्डियाको विमानमा १० लाख खोप नेपाल अवतरण गराइएको खोपलाई हाल टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा लगेर राखिएको छ।
भोलिबाट खोपलाई रेफ्रिजेरेटर भ्यानमा राखेर उच्च सुरक्षासहित सातै प्रदेशका खोप भण्डारणमा पठाइने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले जनाएको छ। हाल खोपको मुख्य प्राथामिकतामा प्रदेश २ का स्वाथ्यकर्मी रहे पनि सबै ठाउँमा एकैपटक खोप लगाइने विभागले जनाएको छ। प्रदेशमा पठाइएका खोप जिल्लागत रुपमा वितरण हुने र जिल्लाले तोकेको बुथबाट स्वास्थ्यकर्मीले खोप पाउने बताइएको छ।
























