देश/प्रदेश

नेपालमा थप ३०२ जनामा कोरोना संक्रमण पुष्टि

Banner

काठमाडौँ, माघ ९ –

नेपालमा थप ३०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ३०२ जनामा कोरोना पुष्टि भएको हो।

योसंगै हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ६८ हजार ९४८ पुगेको छ। पछिल्लो २४ घण्टामा ४८० जना निको भएर फर्किएका छन्। योसंगै कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६३ हजार ३४८ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको मन्त्रालयले बताएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९८६ पुगेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>