देश/प्रदेश
फेसबुकमा महिलालाई अश्लील फोटो–भिडियो पठाउने युवक पक्राउ
०

काठमाडौं, माघ ७ –
सामाजिक सन्जालमा महिलालाई अश्लील भिडियो, फोटो र सन्देश पठाइ यौन उत्पीडन कार्य गर्ने एक युवक पक्राउ परेको छ । सल्यानको साविक कालागाउँ–३ बाल्ले घर भई हाल कुमाख गाउँपालिका वडा नं. ४ सेराडाँडा बस्ने ३६ वर्षीय रमेश शाही भन्ने रवि शाहीलाई नेपाल प्रहरीको साइबर व्यूरोले पक्राउ गरेको हो ।
शाहीले एक परिचित महिला साथीलाई फेसबुक म्यासेन्जरमार्फत् अश्लील भिडियो, फोटो तथा सन्देश पठाउने गरेका थिए । शाहीले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम कसुर गरेको पाइएको हुँदा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिइ साइबर व्यूरोको टोली सल्यान पुगेको थियो । उनलाई जिल्ला प्रहरी कार्यालय सल्यानको सहयोगमा यही माघ ५ गते पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























