Breaking News

ओली पक्षद्वारा वागमती प्रदेश कमिटी पुनर्गठन, अध्यक्षमा पोखरेल, सचिव लोहनी चयन

Banner

काठमाडौं,माघ ७-

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले वागमती प्रदेश कमिटीको अध्यक्षबाट नारायण दाहाललाई कारबाही गरेको छ । ओलीपक्षीय प्रदेश कमिटीको मंगलवारको बैठकले दाहाललाई अध्यक्षबाट हटाएर साबिक कमिटीका सचिव आनन्द पोखरेललाई प्रदेश कमिटीको अध्यक्ष चयन गरेको छ ।

प्रदेशको संयोजन गरिरहेका नेता ईश्वर पोखरेलले अध्यक्षमा आनन्द पोखरेल र प्रदेश कमिटी सचिवमा खेम लोहनीको नाम प्रस्ताव गरेका थिए । पूर्वमन्त्री पोखरेल दोलखाबाट २ पटक सांसद भइसकेका नेता हुन् भने खेम लोहनी विघटित प्रतिनिधिसभामा धादिङबाट निर्वाचित भएका थिए । उनी २०५४ सालमा धादिङ जिल्ला विकास समिति सभापति भएका थिए ।

२१९ सदस्यीय प्रदेश कमिटीका बहुमत सदस्यहरु उपस्थित रहेको बैठकले नयाँ नेतृत्व चयन गरेको पोखरेलले  बताए । इन्जार्ज अष्टलक्ष्मी शाक्य र अध्यक्ष नारायण दाहाल प्रचण्ड माधव पक्षमा लागेपछि अ‍ोली पक्षले कमिटी पुनर्गठन गरेको हो । दाहाल अर्का अध्यक्ष प्रचण्डका भाइ हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>