स्वास्थ्य
पछिल्लो २४ घण्टामा चितवनका २२ सहित देशभर थप ३२२ जना कोरोना संक्रमित थपिए ,
०

काठमाडौँ माघ ५ –
नेपालमा पछिल्लो २४ घण्टामा थप ३२२ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये २२ जना संक्रमित चितवनका रहेका छन। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ३७४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६१ हजार ८१८ पुगेको छ। गत २४ घन्टामा ४ हजार ३ सय ६ पीसीआर परीक्षण भएको छ।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ६५ पुगेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























