अर्थ
स्याङ्ग्योङ्ग कोरियन लक्जरी ब्राण्डका गाडी बेच्न चितवनमा खुल्यो शो रुम

चितवन, माघ ३ –
कोरियन कम्पनी स्याङ्ग्योङ्गका लक्जरी गाडी बिक्रीवितरण गर्नका लागि चितवनमा शो रुम खुलेको छ । म्याक्स वेल मोर्टस प्रालिले उक्त शो रुम खोलेको हो । म्याक्स वेलको आज (शनिबार) उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष इ. भोजराज कँडेलले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै कँडेलले चितवनमा गाडी बिक्री गर्नेमात्र नभइ मर्मतको सेवा पनि उपलब्ध गराउन आग्रह गरे । शो रुमको सफलताको कामना गर्दै उनले चितवनमा आरामदायी गाडी चढ्नेहरुको संख्या बढ्दो रहेको जनाए ।
नेपालका लागि स्याङ्ग्योङ्गको अधिकारिक विक्रेता आइएमएस ग्रुपका प्रतिनिधि दिपेश कायस्थले स्याङ्ग्योङ्ग कोरियाको एक नम्बर कम्पनी भएको बताए । ६ वर्षअघि स्याङ्ग्योङ्गका गाडी नेपाल भित्र्याइएको थियो । नेपालमा स्याङ्ग्योङ्गको ६६ लाखदेखि १ करोड ५० लाखसम्मका विभिन्न मोडलका गाडीहरु उपलब्ध रहेको कायस्थले बताए ।

हालसम्म गाडीको शो रुम काठमाडौं, बुटवल, भैरहवा हुँदै चितवनमा सञ्चालनमा ल्याइएकोे कायस्थको भनाइ छ । भरतपुर बसपार्कबाट पूर्वचितवन जाने बाटोतर्फ दुईसय मिटर अगाडि भरतपुर महानगर १२ मा उक्त सो रुम रहेको छ ।
चितवनका लागि आधिकारिक विक्रेता म्याक्सवेल मोर्टसका सञ्चालक हरिप्रसाद पन्तले गाडी विक्रीसँगै ग्राहकलाई सर्भिसको सेवा पनि उपलब्ध गराउन सर्भिस सेन्टर खोलिने बताए । शो रुम उद्घाटनको अवसरमा एकहप्ता भित्र गाडी खरिद तथा बुक गर्ने ग्राहकलाई १० लाखसम्म छुट दिने व्यवस्था गरिएको पन्तको भनाइ छ ।






















