Breaking News
मधेशमा केपी ओलीको जयजयकार छ, ३२ मध्ये २० सिट जित्छौं– प्रभु साह

काठमाडौं,माघ ३-
शहरी विकासमन्त्री समेत रहेका ओली पक्षीय नेकपाका प्रभावशाली नेता प्रभु साहले तराई–मधेश क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नरुचाइएको भनिए पनि त्यो गलत भएको दावी गरेका छन । ओली पक्षधर नेकपा प्रदेश १ सम्पर्क कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै साहले ओलीको तराई–मधेशमा जयजयकार भएको बताए । उनले भने– केपी ओलीले तीस वर्षअघि जे बोल्नु भएको थियो, अहिले पनि त्यही बोल्नु भएको छ । तराई मधेशमा केपीजीको जयजयकार छ । अहिले कति सडकहरु बनिरहेका छन्, तराइमा विकास भएको छ ।
उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिचानसहितको संघीयताको कुरा गरे पनि धोका माात्रै दिएको बताए । ‘जनयुद्धका बेलादेखि अहिलेसम्म प्रचण्डले फरक बोले’ उनले भने, ‘मधेशी जनता सत्य र अग्रगनको पक्षमा लागेका छन् । उनीहरुलाई थाहा छ– झुट बोल्ने को हुन्।’ तराईका ३२ निर्वाचन क्षेत्र मध्ये २० क्षेत्रमा आफूहरुले जित्ने समेत दावी उनले गरे। साहले भने– तराईका ३२ वटा सीटमध्ये २० वटा आएन भने मलाई सोध्नुहोला ।’
ललिता निवास बालुवाटारको जग्गा व्यक्तिलाई दिलाउन तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको हात रहेको उनले आरोप लगाएका छन् ।
























