प्रदेश १
मुख्यमन्त्री राई अमेरिका बस्दै आएकी युवतीसँग माघ ११ गते बिवाह बन्धनमा बाँधिदै
०

काठमाडौं, माघ २-
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई बिवाह बन्धनमा बाँधिने भएका छन् । मुख्यमन्त्री राई यही माघ ११ गते बिवाह बन्धनमा बाँधिने उहाँको सचिवालयले जनाएको छ ।
उहाँको बिवाह भोज काठमाडौं र विराटनगरमा हुने निश्चित भइसकेको बताइएको छ । अमेरिका बस्दै आएकी युवतीसँग मुख्यमन्त्ती राई बिवाह बन्धनमा बाँधिन लागेको सचिवालयको भनाइ छ । काठमाडौंमा पछि प्रदेश १ को राजधानी विराटनगरमा पनि मुख्यमन्त्री राईले सुभचिन्तक, राजनीतिककर्मी, उद्योगी र कर्मचारी लगायतलाई भोज दिने तयारी छ । स्रोतका अनुसार उहाँ शेर्पा जातकी युवतीसँग बिवाह बन्धनमा बाँधिदै हुनुहुन्छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























