देश/प्रदेश

पछिल्लो २४ घण्टामा नेपालमा देखियो २ सय ७० जनामा कोरोना संक्रमण

Banner

काठमाडौं, माघ २ –

पछिल्लो २४ घण्टामा नेपालमा २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ७० जनामा कोरोना पुष्टि भएको हो।

योसंगै हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६६ हजार ८ सय १६ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ सय ९० जना निको भएर फर्किएका छन्। योसंगै कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ६० हजार ५ सय ६७ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय ४८ पुगेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>