देश/प्रदेश

क्यान्सरबाट डिएसपी डम्बर बहादुर केसीको निधन

Banner

काठमाडौं, माघ १ –

नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) डम्बर बहादुर केसीको निधन भएको छ । बुधवार राती प्रहरी अस्पताल महाराजगञ्जमा केसीको निधन भएको हो ।

पेटको क्यान्सरबाट पिडित केसी पुस २७ मा प्रहरी अस्पतालमा भर्ना भएका थिए । गतराति उनको निधन भएको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले जानकारी दिए । केही समयअघि उनलाई कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा दरबन्दी भएका केसी खानेपानी बोर्डमा कार्यरत थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>