देश/प्रदेश
माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा
०

काठमाडौं, पुस २८–
सरकराले माघ १ गते माघे सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।
गृहमन्त्रालयले आज एक विज्ञप्ति जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को यही पुस २६ को निर्णयअनुसार आगामी माघ १ गते मुलुकभर लागू हुने गरी सार्वजनिक बिदा दिइएको जानकारी गराएको छ ।
सरकारले उक्त दिन नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था र विदेशस्थित नेपाली नियोगमा सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























