शिक्षा
इन्जिनियरिङ अध्ययन संस्थानको चरम लापरवाहीले स्नातकोत्तर तहका विद्यार्थी मारमा

काठमाडौं,पुस २०-
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले संचालन गर्दै आइरहेको स्नातकोत्तर तह दुइ बर्षे कार्यक्रमको ट्रान्सक्रिप्ट थप एक वर्षसम्म पनि नपाउँदा विद्यार्थी मारमा परेका छन । सुरुमा कोभिड महामारीकोे कारण देखाउँदै थेसिस परिक्षाफलमा ढिलाई भएको र हाल आएर त्रिभुवन विश्वविधालयमा बिषय कोड पास नै नगराई बिषय र कार्यक्रमहरु संचालन गरेको कारण समस्या उत्पन्न भएको विद्यार्थीले बताएका छन । बिषय कोड पास गराउने नाममा विद्यार्थीलाई करिब पाँच महिना झुलाएको संस्थानले हाल आएर बिषय कोड सहितको ट्रान्सक्रिप्टको नयाँ र्फम्याट पास गराउन पनि आलटाल गरिरहेको विधार्थी हरुको गुनासो छ ।
आफूहरुले पटकपटक अध्ययन संस्थानको डीन र सहायक डीनहरुलाई आग्रह गर्दा पनि समयमा बैठक नराख्ने,बैठकका निर्णय निर्णय त्रिभुवन विश्वविद्यालय र परीक्षा नियन्त्रण कार्यालय नपठाउने आरोप विद्यार्थीले लगाएका छन् । नतिजा प्रकाशित भएको ५ महिना बितिसक्दा पनि ट्रान्सक्रिप्ट नपाएपछी लोकसेवा आयोगको उपसचिव स्तरको परीक्षा लगायत अन्य ठाउँहरुमा पनि आफुहरु मारमा परेको एक विधार्थीले बताए । विधार्थीको भविष्यप्रति इन्जिनियरिङ संस्थान संवेदनशिल नभएको विद्यार्थीको आरोप छ । गत शुक्रवार थापाथली क्याम्पसबाट स्नातकोत्तर तह सकेका सबै विद्यार्थीहरुले सामुहिक म्यासेज मार्फत आफ्नो समस्या उपकुलपतिलाई राखेको र जबाफमा समाधान भइसकेको भने पनि समस्या जस्ताको तेस्तै रहेको पाईएकोलेले उनिहरु थप आक्रोशित बनेका छन । इन्जिनियरिङ अध्ययन संस्थानले आफ्नो भविष्यमाथि खेलबाड गरिरहे चुप लगेर नबस्ने चेतावनी समेत विद्यार्थीहरुले दिएका छन ।

























