स्वास्थ्य
चितवनका तीनसहित देशभर ४०३ जना कोरोना संक्रमित थपिए

चितवन, पुस २०-
चितवनका तीन जनासहित नेपालमा पछिल्लो २४ घण्टामा थप ४०३ जना कोरोना संक्रमित थपिएका छन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या दुई लाख ६२ हजार २६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार इलामका १, उदयपुरका १, ओखलढुङगाका १, झापाका ३, मोरङमा ५, सुनसरीमा २, धनुषामा ५, पर्साका ५, बाराका २, महोतरीका १, सर्लाहीका २, सिराहाका १, काठमाडौँमा १४०, काभ्रेमा ६, दोलखाका १०, धादिङमा ६, नुवाकोटमा १, भक्तपुरमा २४, मकवानपुरमा ५, रसुवाका १, ललितपुरमा २१ र सिन्धुपाल्चोकमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै सिन्धुलीका १, कास्कीमा ३५, गोरखामा ३, तनुहँमा ३, नवलपरासी पूर्वमा २, पर्वतमा १, स्याङ्जामा १, अर्घाखाँचीमा १, कपिलवस्तुमा १०, गुल्मीमा २, दाङमा ८, नवलपरासीमा ३, प्युठानमा १, बर्दियामा ४, बाँकेमा १४, रुपन्देहीमा २५, रोल्पामा २, कञ्चनपुरमा २, कैलालीमा ३०, डढेलधुरामा २, डोटीमा २, दार्चुलामा १ तथा बझाङमा १ जना संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार हाल देशभर २०९ जना कोरोना संक्रमितको आइसीयूमा र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
























