चितवन विशेष
चितवनका विद्यार्थी माइक्रोसफ्ट वल्ड च्याम्पियनसिपमा सहभागी हुन पाउने

चितवन, पुस १९
चितवन र नवलपरासीका विद्यार्थीलाई पनि माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनसिपमा सहभागी गराइने भएको छ ।
पोखराको सृजनाचोकमा रहेको दिप आईटी एण्ड एजुकेसन कन्सल्टेन्सी तथा दीप कम्प्युटर इन्स्च्यिुटले अघिल्लो वर्षको जस्तै यस वर्ष पनि माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्र्ड च्याम्पियनसीपमा नेपालका विद्यार्थीलाई सहभागी गराउन लागेको छ । गत वर्षमा केही जिल्लाका विद्यार्थीलाई मात्र छनौट गरेर पठाइने गरिएको भए पनि यस वर्ष ७७ वटै जिल्लाका विद्यार्थीले अवसर पाउने भएका छन् ।
जसअनुसार चितवन र नवलपरासीका विद्यार्थीलाई सहभागी गराउने जिम्मा भरतपुरको हाकिम चोकमा अवस्थित नेम आईटी. एण्ड एजुकेशन कन्सल्टेन्सीले पाएको छ । नेम आईटी एण्ड एजुकेशन कन्सल्टेन्सीका सञ्चालक उमङ्ग भट्टराईका अनुसार माइक्रोसफ्ट अफिस स्पेशलिस्ट वल्र्ड च्याम्पियनसीप एक विश्वव्यापी प्रतिस्पर्धा हो । जसले विद्यार्थीको माइक्रोसफ्ट अफिस वर्ड, एक्सल र पावरपोइन्मा सीप परीक्षण गर्दछ । साथै विद्यार्थीलाई माइक्रोसफ्ट सर्टिफिकेशन उपलब्ध गराउँछ । माइक्रोसफ्ट सर्टीफिकेशन एक अन्तर्राष्ट्रिय प्रमाणपत्र हो । प्रतियोगिता जिल्लास्तरीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी तीन तहको हुने गर्छ ।
भट्टराईका अनुसार १३ वर्षदेखि २२ वर्षसम्मका जो कोही पनि यस प्रतियोगितामा भाग लिन पाउने छन् । जिल्लास्तरको परीक्षा सफल गरेकाबाट छानिएका जिल्ला स्तरीय विजेताहरु नेशनल च्याम्पियनसिपका लगि पोखरा जोनेछन् । पोखरामा ७७ जिल्लाबाट छानिएका ४६२ जना विजेताहरुबीच प्रतिस्पर्धा हुनेछ । पोखराबाट प्रत्येक विधाका दुई जना गरी शीर्ष ६ जना विद्यार्थी वल्र्ड च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै अमेरिकाको ओर्लान्डो, फ्लोरिडा जानेछन् ।
भट्टराईका अनुसार विगत १८ वर्षदेखि यस च्याम्पियनसिप भइरहेको र सन् २०२० मा १३५ देशका १० लाख बढी विद्यार्थीले सहभागिता जनाएका थिए । यस प्रतियोगितामा नेपालले यसअघि २०१३ मा वल्र्ड च्याम्पियनसिपको उपाधि हासिल गरेको थियो । चितवन र नवलपरासीका लागि रजिष्ट्रेशन खुलिसकेको बताउँदै भट्टराईले रजिष्ट्रेशनका लागि दुई हजार १७० रुपैयाँ लाग्ने बताए । बाँकी खर्च विद्यार्थीले व्यहोर्नु नपर्ने उनले बताए । बरु प्रतियोगितामा सहभागी हुने विद्यार्थीलाई एक लाखदेखि डेढ लाखसम्म फाइदा पुग्ने उमंग भट्टराईले बताए । वल्र्ड च्याम्पियिनसिपमा पुगेर फर्कंदासम्मकै खर्च विद्यार्थीका लागि निःशुल्क हुनेछ ।
सहभागी हुन चाहनेका लागि आवश्यक तालिमको व्यवस्था नेम आईटी एण्ड एजुकेसन कन्सल्टेन्सीले गराउने बताउँदै उनले चितवन र नवलपुरका विद्यार्थीलाई यो अवसर नगुमाउन आग्रह गरेका छन् । सोही विषयअन्र्तगत चितवन र नवलपरासीका शिक्षकहरुलाई जिल्ला समन्वय समिति चितवनमा प्रतियोगिताका विषयमा प्रशिक्षण दिइएको छ ।
























