Breaking News
नेपालमा ९७.२ प्रतिशत कोरोना सङ्क्रमित निको भए
०

काठमाडौँ, पुस १९-
नेपालमा हालसम्म २ लाख ५४ हजार ४९४ जना ९७.२ प्रतिशत कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै कूल सङ्क्रमितको सङ्ख्या २ लाख ६१ हजार ८५९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले गत बुधबारदेखि आजसम्म दुई हजार ३११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । सो अवधिमा तीन हजार १८२ जना सङ्क्रमणमुक्त भएका छन् ।
गत २४ घण्टामा पाँच हजार ८०० जनाको नमूना परीक्षण गर्दा ४२१ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा उपत्यकामा ९भक्तपुरमा ११, ललितपुरमा २६ र काठमाडौँमा १६०० १९७ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा ६३७ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् भने ६३७ जना निको भएका छन् । गत बुधबारदेखि आजसम्म ३८ को कोरोनाबाट मृत्यु भएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























