विचार/ब्लग

पछाडि खल्तीमा ‘पर्स’ बोक्नुहुन्छ ? सर्तक हुनोस् मेरुदण्डमा असर गर्ला

Banner

 

डा.सञ्जोग क्षेत्री

थुप्रैले पाइन्टको पछाडिको खल्तीमा पर्स, बाक्लो रुमाल, कागजातलगायत राख्ने गर्छन् । यसो गर्नेमा पुरुषहरू बढी छन् । तर, अधिकांशलाई यसले स्वास्थ्यमा पार्ने असरबारे हेक्का छैन । पाइन्टको पछाडिको खल्तीमा पर्स राखेर बस्दा त्यसले मेरुदण्ड दुख्ने तथा नशा च्यापिने पनि निम्त्याउन सक्छ ।

पाइन्टको पछाडि पर्स राख्दा कसरी मेरुदण्ड दुख्छ ?

१ः पाइन्टको पछाडिको खल्तीमा पर्स राखेर बस्दा एकातिरको भाग उठ्छ र अर्काेतिरको भाग तल जान्छ । यसले मेरुदण्डलाई बङ्ग्याउन सक्छ । सिधा हुनुपर्ने वस्तु बाङ्दिा दुखाई त निम्तिन्छ ।
२ः सुरुमा मेरुदण्ड अस्थायी रूपमा बांगिन्छ । त्यसपछि स्थायी रूपमा बांगिन्छ । यो अवस्थालाई ‘स्कोलियोसिस’ भनिन्छ । यो समस्या १४–२० वर्षको उमेर समूहलाई बढी हुने गरेको मैले देखेको छु । यसले पनि ठिक हुनै गाह्रो हुने खालको दुखाइ निम्तिन सक्छ ।

३ः बयस्कहरूमा पनि मेरुदण्ड बांगिने समस्या हुन्छ । एकातिर उठ्दा र अर्काेतिर तल पर्दा पेल्भिस (हिपको पूरै एरिया)लाई नै असर गर्छ । पूरै पेल्भिस तथा मेरुदण्डको एलाइण्मेन्ट बिग्रदा पनि मेरुदण्डको खतरनाक दुखाइ हुन सक्छ ।

४ः सिधा गरेर राख्नुपर्ने चिजलाई बांगो गर्दा केही न केही त असर त पर्छ नि । मेरुदण्ड भनेको शरीररुपी घरको पिलर हो । त्यसकारण मेरुदण्ड बांगिँदा यस्तो अवस्थामा मेरुदण्डका हड्डी रुपी पिलरलाई समात्ने लिगामेण्ट तथा मांसपेशीमा पनि नराम्रो असर पर्दछ जसले गर्दा दुखाई पैदा हुन्छ ।

५ः हाम्रो शरीरको हिप क्षेत्रमा साइटिक भन्ने शरीरको सबैभन्दा ठूलो नशा हुन्छ । पाइन्टको पछाडिको खल्तीमा एकातिर मात्रै पर्स राख्दा यो नशामा दबाब पैदा हुन्छ । यो हरेक दिन दोहोरिन्छ जसले गर्दा साइटिक नशामा एकदम नराम्रो असर पर्छ । यसले साइटिका जस्तो नसा च्यापिने लक्षण पनि ल्याउन सक्छ ।

६ः पर्सको ठ्याक्कै माथि हिपका विभिन्न मांसपेशी हुन्छन् । यी मांसपेशीको बीचबाट साइटिक नशा गएको हुन्छ । पछाडि पर्स राख्दा निरन्तर दबाबले ती मांसपेशी सुन्निने वा इन्फ्लामेसनले ग्रस्त हुने हुन्छ । जसका कारण यी मासुबीचबाट गएको साइटिक नशा च्यापिएर पनि साइटिकाका लक्षणहरु देखिन सक्छ ।
७ ः नेपालमा मेरुदण्डको दुखाइ नभएको मान्छे भेटाउनै गाह्रो छ । पहिलै भएको दुखाइलाई पछाडि पर्स राख्ने बानीले झन् बढाउने गर्छ । त्यसो भए पाइन्टको पछाडिको खल्तीमा पर्स राख्नु स्वास्थ्यका लागि उपयुक्त छैन ?
एकदमै ठीक छैन । पर्स मात्र होइन यहाँ बाक्लो रुमाल वा कागजातलगायत राख्ने बानी पनि राम्रो होइन । यो नराम्रो बानी हो । यसले स्वास्थ्य समस्या निम्ताउने त छँदैछ

ढाडमा समस्या भएका बिरामीको अवस्था

मुख्यतया युवालाई यो समस्या धेरै देखिएको छ । अन्य उमेर समूहलाई भने त्यति धेरै देखिएको छैन । सयमा एक–दुई होलान् । जो आफ्नो सबै डकुमेन्ट पर्समा राखेर त्यसलाई मोटो बनाएर पाइन्टको पछाडिको खल्तीमा राख्छन्, ती व्यक्तिमा यो समस्या अझै बढी छ । हामीकहाँ टिनएज वर्गका थुप्रै बिरामी मेरुदण्ड बांगिएर आएको पनि मैले देखेको छु ।

बढी समस्या देखिएका समूह

१४–२० वर्ष उमेर समूह तथा भर्खरै कलेज जान लागेकालाई यो समस्या छ । त्यसपछि बाइक वा गाडीमा दौडिरहने वर्ग पनि यसबाट पीडित छ, जसमा १८–४० वर्ष उमेर समूहका व्यक्ति पर्छन् । अन्य उमेर समूहलाई यो खासै देखिएको छैन तर पछाडीका पकेटमा (त्यो पनि एक साइडमा बढी) पर्स, बाक्लो रुमाल वा कागजातलगायत राख्ने र बस्ने गर्ने जो कसैलाई पनि यो समस्याले समात्न सक्छ ।

बिरामीको उपचारमा लाग्ने समय

समस्या कति पुरानो भएको हो त्यसमा डिपेण्ड हुन्छ । एउटै एज गु्रपलाई एउटै समस्या छ भने पनि सन्चो हुन फरक समय लाग्न सक्छ । किनकी बिरामीको जीवनशैलीले पनि उपचार प्रभावित गर्छ । पाइन्टको पछाडिको खल्तीमा पर्स राख्न छाड्यौं भन्दैमा रोग सन्चो हुने होइन ।
मान्छे कुन पोजिसनमा बस्छ, कसरी काम गरिरहेको छ, हामी त्यो सबै कुरा विचार गरेर बिरामीलाई उपयुक्त हुने प्रोटोकल बनाएर उपचार गर्छाैं । हाम्रो सेन्टरमा पनि उपचार गराउँछौं साथै घरमा गरिने उपचार र एक्ससाइज पनि सिकाउँछौं । कारण हेरेर हामी घरेलु उपचार पनि सिकाउँछौं । होमवर्क पनि भयो क्लास वर्क पनि भयो । अनि पेसेन्ट पूर्णरूपमा ठीक हुन्छ ।

(डा सञ्जोक क्षेत्री हाल चित्रवन नेचर केयर हस्पिटल आस्थाचोक भरतपुर–१२ मा कार्यरत छन् ।’)

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>