Breaking News

पछिल्लो २४ घण्टामा ४१९ जना कोरोना संक्रमित थपिए, ६ को मृत्‍यु

Banner

काठमाडौँ, पुस १८ – पछिल्लो २४ घण्टामा नेपालमा ४ सय १९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय १९ जनामा कोरोना पुष्टि भएको हो ।

योसंगै नेपालमा हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ।

पछिल्लो २४ घण्टामा ७ सय ५० जना निको भएर फर्किएका छन्। योसंगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५३ हजार ८ सय ५७ पुगेको छ।

त्यस्तै, कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले बताएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ७० पुगेको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>