अर्थ

चितवन गार्डेन रिसोर्ट सञ्चालनमा, महानगर प्रमुख रेनु दाहालद्वारा उद्घाटन

Banner

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, पुस १८ – चितवन गार्डेन रिर्सोट (सीजीआर) सञ्चालनमा आएको छ । शुक्रबार साँझ भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले रिसोर्टको उद्घाटन गरेकी छिन् ।

उद्घाटन कार्यक्रममा प्रमुख दाहालले रिसोर्टको सफलताको शुभकामना व्यक्त गर्दै रिसोर्टले गुणस्तरीय सेवा प्रदान गर्नेमा आफू विश्वस्त रहेको बताइन् ।

देशकै तेस्रो पर्यटकीय गन्तव्यका रुपमा रहेको चितवनमा सुविधा सम्पन्न होटलहरुको आवश्यकता रहेको बताउँदै उनले सीजीआरले यहाँको पर्यटन विकासमा थप आयाम थपेको बताइन् । चितवनको सदरमुकाम भरतपुरमा पछिल्ला दिनहरूमा सुविधा सम्पन्न होटल तथा रिसोर्टको संख्या बढ्दै गएको बताउँदै उनले यसले भरतपुर महानगरको विकास र पहिचानमा पनि टेवा पुर¥याउने बताइन् ।

भरतपुरमा थुप्रै विकासका कामहरुको भएको चर्चा गर्दै उनले भरतपुरले छोटो समयमै विकासको गति लिएको बताइन् । उनले भरतपुर महानगरपालिका अबको १ वर्षभित्र देशकै नमुना सहर बन्ने पनि दाबी गरेकी छिन् ।

सीजीआरका प्रवन्ध निर्देशक तेजप्रसाद घिमिरेले ३० करोडको लागतमा ९ कट्ठा क्षेत्रफलमा आधुनिक शैलिमा रिसोर्टको निर्माण गरिएको बताए । घिमिरेका अनुसार रिसोर्टमा डिलक्स र प्रिमियम गरी २८ वडा सुविधा सम्पन्न कोठा रहेका छन् । यस्तै १ हजार सिट क्षमताको रोयल ब्याँकेट हल, ५०० सय, २ सय र ५० सिट क्षमताको बैठक तथा मिटिङ्ग हल, स्विमिङ् हल पुल र रेस्टुरेन्ट रहेको छ । रिसोर्टमा ३२ जनाले रोजगारी पाएको उनले बताए ।

रिसोर्टका अध्यक्ष अशोक श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका वागमती प्रदेश सदस्य वद्री तिमिल्सिना, भरतपुर महानगरका प्रवक्ता अरुणपिडित भण्डारी, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, चितवन गार्डेन रिसोर्टका संचालक केसव देवकोटालगायतले रिसोर्टकोे सफलताको शुभकामना व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>