देश/प्रदेश

देशभर थप १०९ जनामा कोरोना संक्रमण पुष्टि

Banner

काठमाडौं, माघ १७ –

देशभर थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०९ जनामा कोरोना पुष्टि भएको हो। योसंगै हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७० हजार ८५४ पुगेको छ।

पछिल्लो २४ घण्टामा ३५० जना निको भएर फर्किएका छन्। योसंगै कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६६ हजार ४८ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या २०२७ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>