देश/प्रदेश

मध्यपश्चिमाञ्चल विश्वविद्यालय र चाइनाथ्री गर्जेजबीच सम्झौता

Banner

कर्णाली, माघ १७ –

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत, नेपाल र चाइनाथ्री गर्जेज विश्वविद्यालय, चीनबीच दुईपक्षीय सम्झौता भएको छ । दुवै विश्वविद्यालयबीच शैक्षिक सहकार्यका लागि यही माघ १६ गते सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा नन्दबहादुर सिंह र चाइनाथ्री गर्जेज विश्वविद्यालयका तर्फबाट प्राध्यापक ही वेइजुनले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्न तथा दुई विश्वविद्यालयबीच आपसी समझदारी र शैक्षिक सहकार्य स्थापना गर्ने उद्देश्यका साथ गरिएको मप विश्वविद्यालयका उपप्राध्यापक तथा सूचनाप्रविधि विज्ञ भट्टले जानकारी दिनुभयो । “सम्झौतापश्चात् दुई विश्वविद्यालयबीच विशेषगरी प्राध्यापक, शोधकर्ता, प्रशासनिक कर्मचारी तथा विश्वविद्यालयमा अध्यनरत विद्यार्थी आदानप्रदान हुनेछन्”, सूचनाप्रविधि विज्ञ भट्टले भन्नुभयो, “दुवै विश्वविद्यालयले सामूहिकरुपमा अनुसन्धानसँग सम्बन्धित परियोजनाहरु अगाडि बढाउन सकिने कुरा सम्झौतामा उल्लेख गरिएको छ ।”

त्यसैगरी विभिन्न कार्यक्रम तथा गोष्ठीहरु आयोजना गरिनुका साथै आपसमा विभिन्न शैक्षिक जानकारी तथा सामग्री आदानप्रदान गर्ने र सम्झौताको मर्म पूरा गर्न तथा दुवै देशको कानून एवं सम्झौताको परिधिमा रही विश्वविद्यालयअन्तर्गतका सङ्काय, स्कुल वा संस्थाले एकापसमा समझदारी गरी परियोजना सञ्चालन गर्न सक्ने सम्झौतामा उल्लेख गरिएको उहाँले बताउनुभयो । सम्झौताको अवधि हस्ताक्षर मितिदेखि पाँच वर्षको रहने जनाइएको छ । हाइड्रोइलेक्ट्रिक इन्जिनीयरिङ र इलेक्ट्रिकल इन्जिनीयरिङ विषयमा प्रख्यात मानिँदै आएको चाइनाथ्री गर्जेज विश्वविद्यालय स्वास्थ्य, सञ्चार तथा कम्प्युटर प्रविधि, खेलकूद, अर्थशास्त्र, व्यवस्थापनलगायत विषयहरु पढाइ हुने चीनकै एक अग्रणी विश्वविद्यालय हो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>