स्वास्थ्य
पछिल्लो २४ घण्टामा देशभर थप १५७ जनामा कोरोना संक्रमण पुष्टि
०

काठमाडौं, माघ १६ –
पछिल्लो २४ घण्टामा देशभर थप १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार २२१ जनाको परीक्षण गर्दा ५९ जना महिला र ९८ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ७४५ पुगेको छ । उनीहरुमध्ये २ लाख ६५ हजार ६९८ जना संक्रमणमुक्त भएका छन् भने २०२५ जनाको मृत्यु भएको छ ।
हाल देशभर ३ हजार २२ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १ हजार २४९ जनाको होम आइसोलेसनमा छन् भने १४७ जनाको आईसीयू र २७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























