देश/प्रदेश

सहनशीला भईन असन अन्नपूर्ण मन्दिरकी पूजारी

Banner

काठमाडौँ, माघ १६ –

गुठी संस्थान काठमाडौँ शाखा कार्यालयले काठमाडौँ महानगरपालिका–२७ असनस्थित अन्नपूर्ण नारायण मन्दिरको पुजारीमा महिला नियुक्त गरेको छ । शाखाले बिहीबार झालाई नियुक्त गरेको कार्यालय प्रमुख हरिप्रसाद सुवेदीले राससलाई जानकारी दिनुभयो ।

झा पहिलो महिला पुजारी भने नभएको कार्यालय प्रमुख सुवेदीले बताउनुभयो । यसअघि ललितपुरको गोदावरीस्थित पञ्चदेवललगायतका मन्दिरमा पनि महिला पुजारी नियुक्त भइसकेको संस्थानले जनाएको छ ।

यसअघि सहनशीला शर्माका भाइ प्रमोदले मन्दिरको पूजा गर्दै आएकामा विदेश गएपछि उहाँलाई पुजारीमा नियुक्त गरिएको हो । झालाई एक वर्ष परीक्षणकाल रहने गरी बढीमा पाँच वर्षका लागि नियुक्त गरिएको हो । लगत दरबन्दीअनुसारको नित्य र पर्व पूजाबापतको खर्च पाउने गरी नियुक्त गरिएको संस्थान शाखा कार्यालय काठमाडौँका प्रमुख सुवेदीले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>